2026 April 23/ 09:11: 34am

बनेपा/बनेपा नगरपालिकाद्वारा सञ्चालन गरिएको जिल्लाकै ठुलो र ब्यबस्थित ५० बेडको आईसोलेसनमा उपचाररत ब्यक्तिहरुले एक कार्यक्रमको आयोजना गरेका छन् । 
५ नम्बर वडा अध्यक्ष बलराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उक्त आईसोलेनमा उपचारपछि निको भएका ब्यक्तिहरुले आईसोलेसनमा रहेका विरामी, डा., कर्मचारीहरुलाई सामुहिक खाना खाई त्यहाँ पाएको सुबिधाका बारेमा छलफल र सबन्धित सम्पुर्णमा धन्यबाद प्रदान गरिएको थियो । नगरपालिकाले कोहिपनि बनेपा नगरपालिका भित्रको नागरिक कोरना रोगको उपचारबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले नगरबासीहरुलाई सम्पूर्ण सुविधा सहित आईसोलेन गत भदौ बाट सञ्चालनमा ल्याएको थियो । कोभिड १९ अर्थात कोरोना मुक्त दानकाजी शाक्यले नगरपालिकाले सञ्चालन गरेको आईसोलेसनमा सहयोग गर्नका लागी उक्त कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । नगरबासीहरुको जिवन रक्षाकालागी थोरै भएपनि सहयोगका लागी कोरोनामुक्त ब्यक्तिहरुले उपचारमा सघाउ पुग्ने प्लाजा थेरापी कार्यको लागी रक्तदान, उपचार सामाग्री, सचेतना फैलाउने लगाएत सहयोग गर्ने शाक्यले बताउनु भयो । 
उक्त कार्यक्रममा वडा अध्यक्ष अधिकारीले नगरपालिका र वडा मात्रैले भन्दा पनि सम्पुर्ण नगरबासीहरुको साथ र सहयोग भएमा मात्र नगरबासी सुरक्षित हुन सकिने बताउनु भयो । कार्यक्रममा आईसोलेसन मेडिकल अफिसर तथा डा.शिशिर बञ्जार, नगरपालिका स्वास्थ्य शाखा प्रमुख सत्यश्वर मकै श्रेष्ठ, सुरक्षा निकायका ईन्चार्ज, कोरोना मुक्त भुवन मानन्धर, किशोर मानन्धर, समिर भैल, र्निजल बैदार लगायतका ब्यक्तिहरुले कोभिड सक्रंमितहरुलाई सामाजिक सद्भाव राख्नुपर्ने र खराब दृष्टिले हेर्न नहुने बताउनु भएको थियो । उक्त कार्यक्रमबाट दानकाशी शाक्यको अध्यक्षतामा कोभिड विजेता परिवार संस्था गठन गरिएको छ ।