2026 April 23/ 09:09: 52am

धुलिखेल/धुलिखेल नगरपालिकाको आयोजनामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शूरु गरिएको छ । 
नगरपालिकाका नगर प्रमुख अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा  उक्त कार्यक्रमको शुरुवात गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी ब्यान्जुले १६ दिन नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मात्र दिबस मनाएर नपुग्ने बताउनु भयो । वर्षको १२ महिना नै उक्त हिंसा बिरुद्धका गतिबिधी न्युनिकरणमा जनप्रतिनिधी, सरकोरवाला र सबै वर्ग सचेत हुनु पर्ने बताउनु भयो । हिंसा अहिले आफन्त बाटै बढि भएको छ, ब्यान्जुले बताउनु भयो त्यसकारण पहिला हिंसा रोक्नको लागी मानिसको चेतनामा परिबर्तन आउनु पर्ने बताउनु भयो । कानुन मात्रै भएर पनि नपुग्ने रहेछ जब सम्म चेतनामा परिबर्तत हुदैन ब्यान्जुले बताउनु भयो  । नगरपालिकाले सबै क्षेत्र र वर्ग समेटनका लागी महिला परिषद, यूवा परिषद, दलित परिषद लगाएत गठन गरी उक्त परिषदमार्फत तालिम प्रदान गरी आत्मनिर्भ र सिप विकास क्षमता अभिबृद्धि गर्दे आएको बताउनु भयो । स साना कुराहरुले गर्दा पनि मानिसहरुको जिबन उकास्न सकिने हुदाँ नगरपालिकाले परिषदमार्फत सेमेटेको ब्यान्जुले बताउनु भयो । कार्यक्रममा विशेष अतिथी प्रमुख जिल्ला अधिकारी शिबराम पोगरेल, जिल्ला समन्वय अधिकारी केशब प्रसाद रिजाल, धुलिखेल नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष तथा प्रबक्ता पुष्पराज राउत महिला परिषदका सदस्य कमला काफ्ले लगाएतले लैङ्गिक हिंसा न्युनिकरणका उपाय लगाएतका बारेमा मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुबेदीले राख्नु भएको थियो । सुबेदीले सबै वडा कार्यलय मार्फत १६ दिने कार्यक्रम गरी मनाउने बताउनु भयो । अपाङ्ग दिबसका दिनमा नगरपालिका भित्रका अपाङ्ग भएका ब्यक्तिहरुलाई हिवलचियर वितरण गर्ने बताउनु भएको थियो । कार्यक्रमका अध्यक्ष तथा नगर उप प्रमुख विमला शर्माले अधिकार मात्रै भएर नपुग्ने आफुले लिन समेत सक्नु पर्ने बताउनु भयो । नगरपालिकाले परिषद मार्फत ६ सय ९१ जनालाई तालिम प्रदान गरी आय स्तरमा मद्धत पुगेको बताउनु भयो । अन्याय गर्ने भन्दा सहने ब्यक्ति भढि भागीदार हुने भएकाले दुबै कुरालाईं रोक्नु पर्ने शर्माले बताउनु भयो । कानुनले सबै स्थानिय तहमा महिला वडामा महिला कोटा दिएको छ, न्यायिक समितीमा महिला संयोजक योजना अनुगमन उप प्रमुख लाई दिएको छ । हामिले क्षमता र चेतना बढाउनु पर्ने बताउनु भयो । १६ दिने अभियान  बिभिन्न कार्यक्रम गरी मनाउने शर्माले बताउनु भयो ।