बनेपा/जन्मदिनमा एक ब्यक्तिले ४१ जोडी वृक्षारोपण गरेका छन् । अनावश्यक खर्च गर्ने प्रवृत्तिलाई सुधार गर्दै सामाजिक कार्य गरौ भन्ने अभियानबाट अभिप्रेरित भएर एक ब्यत्तिले ४१ जोडी वर पिपलको वृक्षारोपण गर्नु भएको हो ।
गौरीगंज १ का कमल खड्काले आफु ४१ बर्षमा लागेको अवसर पारेर बोलोचौक विकास समितिको सहकार्यमा ४१ जोडि बरपिपल वृक्षारोपणको प्रायोजन गरेर जन्मदिन मनाएको बताउनु भयो । जन्मदिनका अवसरमा शिवसताक्षी नगरपालिका वडा नम्वर ४ निवासी पिता सुबास मोक्तान र माता बासु मोक्तानकी १३ बर्षिय छोरी लुसाङ्ग मोक्तान र ६ बर्षिय छोरा निमा मोक्तानले पनि वृक्षारोपण कार्यक्रमलाई सहयोग गरेर मनाउनु भएको छ । यसरी बोलोचौक बिकास समितिद्वारा आयोजित वरपिपल वृक्षारोपण कार्यक्रम मंसिर ७ गते कमल गाउपालिकामा ७ जोडी अस्मिता न्योपाने, गौरीगंञ्ज गाउपाललिकामा ९ जोडी सुनिता महत्तरा, शिवसताक्षी नगरपालिकामा ११ जोडी बिजय कुमार ताजपुरिया र कमल ढकाल , बिर्तामोड नगरपालिकामा ७ जोडी घनश्याम नेपाल र भरत महतारा साथै अर्जुनधारा नगरपालिकामा ७ जोडी भरत महताराको नेतृत्वमा ४१ जोडी वरपिपल रोपिएको थियो । कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्वर ३ का अध्यक्ष पुण्य सापकोटा, शिवसताक्षी वडा नम्वर ४ का वडा सदस्य सरिता लकान्द्री, गौरीगंज १ माहाभरा स्वास्थ्य चौकीका ल्याब प्रमुख सुनिता महत्तरा र सिनियर अ.हे.व. खगेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बिशेष रुपमा सहयोग गर्नुहुने रमेश नेपाल, भरत महतारा र युसाङ्ग मोक्तानलाई धन्यवाद र जन्मदिन परेका साथीहरू कमल खड्का, निमा मोक्तान र लुसाङ्ग मोक्तान लाई संस्थाका अध्यक्ष धर्मेन्द्र कुमार शाहले शुभकामना व्यक्त गर्नु भएको थियो ।





