पाँचखाल/पाँचखाल नगरपालिका भित्र स्वच्छ र शुद्ध खानेपानीका लागि पाँचखाल ९ चारपिप्लेमा बन्न लागेको ब्याक वास ट्याङ्कीको शिल्यान्यास भएको छ । पाँचखाल शहरी खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत सुनकोशीको विमिरे, पहरी बस्तीको मुख्य ट्याङकीबाट व्याक वासको रुपमा जम्मा हुने पानी राख्नको लागि निर्माण हुने एक लाख ५० हजार लिटरको ट्याङ्कको एक कार्यक्रमका विच स्थानीय समाजसेवी एवं लोपोन्मुख जाती पहरी बस्तीका रत्नबहादुर पहरीले शिलन्यास गरेका हुन ।
शिलन्यास कार्यक्रममा पहरीले राम्रो काम गरेर चाँडै सम्पन्न गर्न अनुरोध गरेका थिए । विगत लामो समय देखिको पानीको अभावबाट मुक्त हुन लागेकोमा खुशी व्यक्त गर्दै आफ्नो पालामा भएको पानीको समस्याका बारेमा चर्चा गरेका थिए । शिल्यान्यास कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले पाँचखालको पहिलो समस्या खानेपानी र दोस्रो समस्या नगरको ग्रामिण बस्तिहरुमा रहेको धुले सडक भएकोले खानेपानीको काम सँगै धुले सडकलाई पिच गर्दै लैजाने बताए । पाँचखाल नगरपािलका वडा नं ९ का वडा अध्यक्ष किरण श्रेष्ठले स्वागत मन्तब्य राखेको कार्यक्रममा वडा नं ८ का अध्यक्ष एवं नगरका प्रवक्ता संजय तामाङ लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमका सुनकोशी पाँचखाल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले नगरमा रहेका सवै राजनीतिक दलहरुसंग साथै नगरवासिहरुसंग सहकार्य गर्दै निर्धारित समयमा योजना सम्पन्न गर्ने बताए । खानेपानीको लागि पद भन्दा पनि योजना ठुलो भएकोले पद भन्दा पनि योजनालाई महत्व दिएर अगाडी बढ्नुपर्ने बताए । उपभोक्ता समितिको तर्फवाट नगरवासिहरुलाई अर्जुनको ‘अर्जुन दृष्टि’को आधारमा योजना सफल गराएर पानी खुवाउने बताए ।
पाँचखाल नगरका उपमेयर एवं उपभोक्ता समितिका सदस्य लक्ष्मी दनुवारले सञ्चालन गरेको कार्यक्रममा पाँचखाल वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी, वडा नं ४ का वडाअध्यक्ष सुन्दर तामाङ, वडा नं ११ का वडा अध्यक्ष शिव शरण लामा, वडा नं १३ का वडा अध्यक्ष सुकुविर तमाङ, निर्माण व्यवसायी राम मैनाली, जनप्रतीनिधिहरु, उपभोक्ता समितिका पदाधिकारीहरु, प्राविधिकहरु, स्थानियहरु समेतको सहभागिता रहेको थियो । पाँचखाल नगरवासीहरुलाई ३० महिना भित्र खानपानी खुवाउने उदेश्यले २०७७ असार १५ गते हुवासुई कन्काई जे.भिसंग १ अर्व ३४ करोड १० लाख ६५ हजार ६ सय ३७ रुपैयामा ठेक्का सम्झौता भई तिब्र गतिले निर्माण कार्य अगाडी बढेको छ । आयोजना एसियाली विकास बैंक, नगर विकास कोष, खानेपानी विभाग, पाँचखाल नगरपािलका र उपभोक्ताहरुको लगानीमा निर्माण हुनेछ ।





