2026 April 23/ 09:09: 53am

पूर्व मन्त्री बास्कोटाले गरे शिल्यान्यास
    पनौती/पनौती नगरपालिका ८ मल्पीमा रहेको भालेश्वर मावीको नयाँ भवन शिल्यान्यास गरिएको छ । भवनको शिल्यान्यास नेकपा काभ्रे इन्चार्ज एवं केन्द्रिय सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाले गर्नु भएको थियो । 
    कार्यक्रममा बोल्दै पूर्व मन्त्री बास्कोटाले नेकपा भित्रको विवाद समाधान हुनुपर्नेमा जोड दिदै पदका लागि भएको लडाँईले मुलुकको विकास र समृद्धिमा असर पु¥याउने बताउनु भयो । विचार र सिद्धान्तको लडाई नभएकाले नेकपा भित्रको एकता विधिका लागि भन्दा पनि ब्यक्तिका लागि भएको उहाँको भनाई थियो । दुई अध्यक्षको सहकार्यमा मात्रै पार्टीका कमिटीहरु संचालन हुने, पार्टीका बैठकहरुमा प्रस्ताव लैजाँदा महासचिव मार्फत प्रस्तुत हुनु पर्नेमा त्यसो नभई पर्चा वितरण गरेको शैलीमा अध्यक्षले वितरण गरेका आरोपहरु कपोल्कल्पित, भ्रामक भएको बताउनु भएको थियो । 
    पनौती र जिल्लाकै सामुदायले संचालन गरेको उत्कृष्ट विद्यालयका रुपमा चिनिएको भालेश्वर माध्यमिक विद्यालयमा कक्षा नर्सरी देखि १२ सम्म अंगे्रेजी र नेपाली माध्यमबाट पढाई हुँदै आएको छ । अध्यक्ष राजेन्द्र केसीले विद्यालयको शैक्षिक स्तरको सुधारसँगै भौतिक पूर्वाधार निर्माणमा तिन तहकै सरकारको सहयोग रहेको बताउनु भयो । अध्यक्ष केसीकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय सांसद गंगाबहादुर दोङ्ग, संविधान सभा सदस्य रामहरी सुवेदी, प्रदेश सभा सदस्य बसुन्धरा हुमागाई, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, उपप्रमुख गिता बञ्जारा, वडा अध्यक्ष केशव बञ्जारा, विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापा लगायतले विद्यालयको शैक्षिक सुधारसँगै भौतिक सुधार र अन्य विषयबस्तुमा ध्यान दिन सुझाव दिएका थिए । 
    भालेश्वर माध्यमिक विद्यालयको पक्कि भवन शिल्यान्यास भए सँगै पूर्वाधारमा समेत सम्पन्न हुँदै गएको प्रधानाध्यापक रामचन्द्र थापाले बताउनु भयो ।