धुलिखेल/‘उद्योग र पूर्वाधारः समृद्धिको आधार’ भन्ने नाराका साथ छैठांै उद्योग दिवस धुलिखेलमा मनाएको छ ।
बागमती प्रदेश सांसद लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुले उद्योगमैत्री वातावरण बनाउन आग्रह गरेका थिए । घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलको आयोजना भएको कार्यक्रममा बोल्दै लम्सालले जिल्ला भित्र स्थापना हुने उद्योगलाई सहुलियत र उद्योग मैत्री वातावरण बनाउन सहयोग पु¥याउने बताउनु भयो । समाज रुपान्तरण बनाउने भनेकै उद्योग ब्यबसायले हो लम्सालले भन्नु भयो, श्रम, शिप, र श्रोत बिना उद्योगलाई अगाडि बढाउन नसकिने हुनाले पहिला त्यसको क्षमता बढाउनुपर्ने बताउनु भयो । प्रदेश सरकारले कोरनाका कारणले उद्योग ब्यबसाय धरायसी भएका कारण ब्यबसायीहरुलाई ३ अर्बको राहत प्याकेज, सहुलियत ऋण उपलब्ध, प्रधानमन्त्री आधुनिकीकरण मार्फत कृषि औजार, सिपयुक्त तालिम प्रदानका लागि योजना अगाडी बढाएको बताउनु भयो । सरकारी नीति नियमले अझै ब्यवसायमा झन्झटिलो भएका गुनासाहरुलाई सुधार्दै लगिने र तिनैवटा सरकार मिली सबै किसिमका ब्यबसायलाई सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय काभ्रेका प्रमुख केशवप्रसाद पुडासैनी अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यालय प्रमुख पुडासैनीले घरेलु तथा साना उद्योग कार्यालय मार्फत नागरिकहरुलाई आफ्नो राज्य छ भन्ने अनुभत गराउन सफल भई प्रबिधि हस्तान्तरण उद्योग स्थल सम्म पु¥याउन सफल एको बताउनु भयो । कार्यालयबाट एक घन्टा भित्र सेवा प्रदान गर्ने, स्तनपान कक्षको ब्यवस्था, उद्योग ब्यवसाय दर्ता गरी कर तिर्न आएका उद्यमी ब्यबसायीहरुलाई सम्मानपूर्वक राखी एक घन्टामा कार्य गरी उद्योग खोल्न खुलाउन उत्प्रेरित गरिएको बताउनु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उद्योग अधिकृत युवराज पुडासैनीले राख्नु भएको थियो । कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका महासचिव कैलाश पलाञ्चोक, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा, नमोबुद्ध उद्योग वाणिज्य संघका अध्यक्ष बसुनारायण श्रेष्ठ, पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्की, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना, नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाका अध्यक्ष सुवासना श्रेष्ठ, जिल्ला लघु उद्यम समुहका अध्यक्ष मदन मंग्रान्ती, दिगो उद्यम विकासका कृष्ण विक जिल्ला लघु उद्यम समुहका पूर्वअध्यक्ष उद्धव गिरी लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा उत्कृष्ट उद्योगी ग्रिन सिप साँगाका प्रोपाईटर सुखदेव जोशीलाई सम्मान गरिएको थियो । जोशीले कोरोनाबाट सुरक्षित रहनका लागि नेपाल सरकारलाई सहुलियत मा १ लाख थान र विदेशी मित्र चीन सरकारलाई राजदुत मार्फत निःशुल्क १० हजार थान माक्स प्रदान गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरुले उद्योगमैत्री वातावरण र सहज बजारीकरण बनाउन सुझाव दिएका थिए । कार्यक्रममा विभिन्न उद्यमीहरुले आफ्ना उत्पादन सामानहरु प्रर्दशनी समेत गर्नु भएको थियो ।





