2026 April 23/ 08:26: 29am

    पनौती/पनौती साहित्य समाजले संस्था स्थापनाको १२ औ वर्ष पूरा भएको अवसर तथा शुभदिपावली, नेपाल सम्वत् ११४१ को उपलक्ष्यमा नियमित प्रकाशन अन्र्तगत कथा विशेषांक प्रकाशन गरेको छ । 
    पनौती साहित्य दर्पण (भाग–४) लाई काभ्रेली स्रष्टाहरुको कथासङ्ग्रह ‘प्रतिनिधि काभ्रेली कथासङ्ग्रह’ को रुपमा प्रकाशित गरेको समाजका उपाध्यक्ष एवं सङ्ग्रहका प्रधान सम्पादक डा. सुमनराज ताम्राकारले बताउनु भयो । उहाँका अनुसार ‘साहित्यका विविध विधाहरु मध्ये कथा विधा काभ्रेमा बलियो छ । कथा विधामा काभे्र गर्व गर्न लायक छ । नारी र पुरुष दुवै गरी शुरुवात आधुनिक कथाकारको रुपमा काभ्रेले पृथक कीर्तिमान कायम गरेको छ । काभ्रेको कानपुरमा पुख्र्यौली घर भएका गुरुप्रसाद मैनाली नेपाली आधुनिक कथाका अगुवा हुन् । त्यसै गरी काभ्रेकै चेली तुषार मल्लिका नेपाली साहित्य इतिहासमा पहिलो नारी कथाकारको रुपमा दर्जिएकी छिन् ।’ 
    कथा सङ्ग्रहमा सामाजिक कथा, पौराणिक कथा, लघुकथा, द्वन्द्वकथा, सीमान्तकृत एव) प्रादेशिक कथाका साथै हाँस्य कथा गरि ३९ जना काभ्रेली स्रष्टाका कथाहरु समेटिएका छन् ।  यसमा अग्रज देखि नव प्रवेशी कथाकारहरु गुरुप्रसाद मैनाली, तुषार मल्लिकाका साथै टंकनाथ शास्त्री, कृष्ण प्रसाद पराजुली, किरण खरेल, कन्हैया नासननी, ध्रुव सापकोटा, हरि अधिकारी, अशोक ब्याञ्जु, रमा कर्णजित, हरिवंश आचार्य, अम्बु भवानी कार्की, पूmलमान बल, विजय सापकोटा, दिनमान गुर्मछान, अनामिका सजल, हिरामाया घिसिङका साथै पनौती साहित्य समाजका अधिकांश सदस्यहरुका कथा समेटिएका छन् । यसरी कतिपय रचनाहरु दुर्लभ खालको समावेश गर्न पाएका कारण पनौती साहित्य दर्पणको यो अंक अझ बढी संग्रहणीय खालको भएको छ ।