2026 April 23/ 08:26: 19am

    नाला/२०६२/६३ को जनआन्दोलमा ज्यान गुमाउनु भएका सहिद भिमसेन दाहालको नामबाट नामांकरण गरिएको बनेपा नगरपालिका वडा नम्बर ३ शहिद भिमसेन मार्ग सडक ढलान गरिएको छ । 
    वडा अध्यक्ष कृष्ण प्रसाद दाहालका अनुसार शहरी विकास मन्त्रालयको लागतमा बनेपा नगरपालिका र वडाको समन्वयमा उक्त सडक मार्ग ढलान गरिएको बताउनु भयो । शहरी विकास मन्त्रालयबाट ३ करोड ५० लाख लागतमा ३ सय मिटर सडक र नाली अर्थात साईड डे«न र ढलान गरिएको बताउनु भयो । नगरपालिकाको नीति अनुसार प्रत्येक वडामा जाने सडकहरुलाई पक्की बनाउने योजना अनुसार बाँकी सडकलाई छिट्टै कालोपत्रे गरिने सापकोटाले बताउनु भयो । वडामा रहेका सम्पूर्ण सडकहरमा ग्राबेल गरिएको, वडाको आफ्नै भवन निमार्ण कार्य अन्तिम चरणमा पुगेको, स्वास्थ्य भवन निमार्ण जारी रहेको, खानेपानीको ब्यबस्थापन गरिएको, आधुनिक कृषि ब्यबसायलाई तालिम प्रदान गरिएको, सुधारिएको गोठ सुधार गरिएको बताउनु भयो । वडा एक्लैले केहि गर्न नसकिने हुँदा सबै वडाबासीहरको विकास निमार्णमा सहभागिता र सहयोग चाहिने दाहालले बताउनु भयो ।