2026 April 23/ 08:26: 19am

    रवि/सेतिदेवि माध्यमिक विद्यालय धुलिखेल २ रविको नयाँ भवनको शिल्यान्यास नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका नगर प्रमुख अशोक ब्यान्जुले एक कार्यक्रमका विच शिल्यान्यास गर्नु भएको छ । ब्याञ्जुले धुलिखेल नगरपालिकामा निर्वाचित भएपछि १२ वटा नयाँ पक्की भवन निर्माण सम्पन्न भइसेकेको र ५ वटा निर्माण चरणमा रहेको बताउनु भयो । नेपाल सरकार एसियाली विकासको सहयोगमा र धुलिखेल नगरपालिकाको साझेदारीमा निर्माण भएको बताउनु भयो । विद्यालयको भौतिक मात्रै भएर पुग्दैन शिक्षामा गुणस्तरीय शिक्षा दिनुपर्ने ब्यान्जुले बताउनु भयो । राज्यको शिक्षामा धेरै लगानी रहेपनि नतिजा सधै कमजोर आउने हुदाँ के कारण हो पत्ता लाग्नु पर्ने बताउनु भयो । अभिभावक, विद्यार्थी, शिक्षक सबै मिलि सामुदायीक विद्यालयको गुणस्तर बढाउनु पर्नेमा ब्यान्जुले जोड दिनुभयो । 
    कार्यक्रममा ब्यान्जुले धुलिखेल नगरपालिकाले कोरना र लकडाउनका विच पनि विकास निर्माणका कार्यलाई तिब्रता दिदै ९९ प्रतिशत योजना सम्पनन गरेको बताउनु भयो । नागरिकहरुका लागी स्वास्थ्य, एक घर एक धारा, प्रत्येक वडामा जाने मुल सडक कालोपेत्र, आधुनिक कृषि ब्यबसाय, विभिन्न सिपमूलक तालिमहरु प्रदान गरिएको बताउनु भयो । कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष देवप्रसाद कोईरालाले वडाबासीहरुका लागी विकास निमार्णमा जुटिरहेको बताउनु भयो । रवि जाने मुल सडक कालोपत्रेको अन्तिम तयारीमा पुगेको, खानेपानी, शिक्षा स्वास्थ्य क्षेत्रमा निर्वाचनमा गरिएको प्रतिबद्धताहरु पूरा हुदै गएको बताउनु भयो । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक धन बहादुर विष्टले शिक्षा कार्यान्वयन ईकाई आयोजनाको सहयोगमा ४ करोड लागतमा ३ तलाको २२ कोठे भवन बन्न लागेको बताउनु भयो । विद्यालय  यसैवर्ष धुलिखेल नगरपालिकाको नमुना विाद्यलयमा पर्न सफल भएको, आधारभुत तह देखी कक्षा १२ सम्मनै अँग्रेजी माध्यमाबाट अध्यापन गराउदै आएको र विद्यालयमा ३ सय १५ जना विद्यार्थी रहेको बताउनु भयो । 
    कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष निराजन जंगम, ९ नम्बरका वडा अध्यक्ष बसन्त रानाभाट, १० नम्बर वडा अध्यक्ष पुष्पराज राउत, वागमती प्रदेश दुग्ध विकास वोर्डका उपाध्यक्ष टिका वल्धब सापकोटा, वडा सचिव सुनिता शर्मा, पूर्व गाविस अध्यक्ष उद्धब चौलागाई लगायतको सहभागिता रहेको थियो ।