बागमती प्रदेश बचत संघमा उद्धब
बनेपा/बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडको प्रारम्भिक साधारण सभाबाट उद्धब सापकोटा निर्विरोध निर्वाचित हुनु भएको छ ।
संघको बरिष्ठ उपाध्यक्ष काठमाडौंबाट प्रकाश श्रेष्ठ, महिला उपाध्यक्ष मकानपुरबाट राधा सिन्तांन, महासचिव दोलखाबाट जीवराज खड्का, सचिव काठमाडौबाट गोविन्द काफ्ले कोषाध्यक्ष धादिङ्गबाट टाप बहादुर श्रेष्ठ, संचालक सदस्यहरुमा ललितपुरबाट ईन्द्र घिमिरे, चितवनबाट तेजेन्द्र खड्का, भक्तपुरबाट कृष्ण गोविन्द लाखाजु, रसुवाबाट ओम प्रसाद आचार्य, रामेछापबाट जगन्नाथ दाहाल, काठमाडौबाट ठाकुर बास्कोटा, सिन्धुपाल्चोकबाट देवी दुलाल, सिन्धुलीबाट कृष्णहरी कोईराला, काभ्रेपलाञ्चोकबाट प्रकाश बञ्जारा र प्रदिप थापा निर्विरोध निर्वाचित हुनु भएको छ ।
त्यसैगरी लेखा तथा सुपरिबेक्षण समितीको संयोजक केशव प्रसाद दंगाल सदस्यमा रमेश श्रेष्ठ र रमिला श्रेष्ठ रहनु भएको छ । सभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका निर्वतमान अध्यक्ष तथा पूर्व मन्त्री केशब वडालले गर्नु भएको थियो । बडालले सहकारीहरुले जनताको आयस्तर मात्रै उकासेको छैन, नेतृत्व, क्षमता र समाजलाई रुपान्तरणका लागी अग्रणी भुमिका खेलेको बताउनु भयो । सहकारीले स–साना लगानी देखी बैंक सरह कारोबार गरिरहेको बडालले बताउनु भयो । देशको आर्थिक क्षेत्रलाईलाई सशक्त रुपामा अगाडि बढाउन सहकारीको अहम भूमिका रहेको बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष मिनराज कँडेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । संघका अध्यक्ष उद्धब सापकोटाले तदर्थ समिती गठन गरेको ३ महिनामा बागमती प्रदेशबाट १ सय १० वटा सहकारी आबद्ध भएको बताउनु भयो । कोरोनाका कारण समेत सदस्य सहकारीहरुको उल्लेख्य सहभागि रहेको सापकोटाले बताउनु भयो । नेपाल बचत तथा ऋण सहकारी अभियानलाई थप सफल एवं प्रभावकारी बनाउन प्रादेशिक स्तरबाट अभियानको नेतृत्व अभिभावकत्व एवं प्रर्वद्धन विकास तथा ब्यवसायीक व्यबस्थापन लागी भूमिका रहने बताउनु भयो । बागमती प्रदेश सहकारी ऐन अनुसार सघंको गठन गरिएको सापकोटाले बताउनु भयो ।
नोबेल साकोसको आठौ वार्षिक साधारण सभा सम्पन्न
बनेपा/नोबेल बचत तथा ऋण सहकारी संस्था लि.को आठांै बार्षिक साधारण सभा संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । कोरोना भाईरस कोभिड–१९ ले सिर्जना भएको परिस्थतिका कारण सहकारी विभागबाट साधारण सभा सम्बन्धि प्रावधानलाई आधार मानी सभा गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । लामो समय लकडाउनले असर गरेको सहकारी क्षेत्रलाई माथी उकास्नका लागि राज्यले विशेष योजना ल्याई कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । विषम परिस्थितिमा सहकारीले आफ्ना सदस्यहरुलाई परेको असरलाई मध्यनजर गर्दे ऋणको ब्याज तथा शुल्कमा छुट प्रदान गरी सदस्यहरुलाई राहत प्रदान गरेको र सेवा सुविधामा कुनै कमी कमजोरी हुन नदिई कार्यसम्पादन गरेको श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन सचिव गोर्वद्धन कर्माचार्यले आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजकुमार विष्टले सभामा पेश गर्नु भएको थियो । संस्थाको आर्थिक बर्ष २०७६÷०७७ को शेयर पुँजी १ करोड ८७ लाख २८ हजार ४ सय, बचत १३ करोड ३६ लाख १८ हजार, कर्जा लगानी ११ करोड ९ लाख ९६ हजार रहेको जनाएको छ । त्यसैगरी संस्थाको लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक गोपाल प्रधानले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थामा १० वर्ष पुरा गरेका कर्मचारी प्रमुख ब्यवस्थापक नारायण गोपाल श्रेष्ठलाई सेवा पदकद्वारा कदर पत्र, नगद र दोसल्ला आढाई सम्मान गरिएको थियो । त्यसैगरी ५ वर्ष पुगेका कर्मचारी सहयक सृष्टि अधिकारी र कनिष्ठ सहायक श्रृजना माकजु श्रेष्ठलाई कदर पत्र र नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाकार रमेश हुमागाई, सञ्चालक र सदस्यहरु कोभिड –१९ को मापदण्ड पालना गरी उपस्थिति रहनु भएको थियो । कार्यक्रम सञ्चालन सञ्चालक प्रमिला चण्डी श्रेष्ठले गर्नु भएको थियो ।
लक्ष्मी महिला साकोसमा मैया महत
चौकोट/लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औ साधारण सभाबाट मैया महतको अध्यक्ष नयाँ कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा हिमानी श्रेष्ठ, सचिव सुवासना श्रेष्ठ सह–सचिव शर्मिला अधिकारी कोषाध्यक्ष सकुन्तला श्रेष्ठ, सदस्यहरुमा गौरी सापकोटा, उजेली मिजार, सावित्रा देउजा, कोशिल्या देउजा, माला कुमारी श्रेष्ठ, कविता कार्की, अनिता सापकोटा कुईकेल, रेणु थापा रहनु भएको छ । त्यसैगरी लेखा तथा सपरिबेक्षण समितिको संयोजक सोविता थापामगर प्रधान, सदस्यमा प्रतिज्ञा भण्डारी, र प्रभा भँडेल रहनु भएको छ । सहकारीको प्रमुख सल्लाहाकार निर्वतमान अध्यक्ष तिर्थमाया प्रधान रहनु भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति तिर्थमाया प्रधानले २२ वर्ष अघि ३६ जनाबाट शुरु गरिएको संस्था आजसम्म आईपुग्दा ३ हजार ३ सय सदस्य पुगेको बताउनु भयो । गाउँमा रहेका महिला दिदिबहिनीहरुको थोरै रकमबाट बचत संकलन गरी १८ करोडको पूँजी बनाउन सफल भई जिल्लाकै नमुना रहेको बताउनु भयो । सहकारीको आफ्नै भवन, कार्यक्षेत्र बनेपा पनौती र धुलिखेल नगरपालिका रहेको, महिला दिदिबहिनीहरुलाई सिप उपयोगि तालिम, ३२ वटा समुह गठन गरी उत्पादन र आय आर्जनमा लगानी, सदस्यहरुको हक हितको लागी जनचेतना अभिबृद्धि, कृषि तालिम लगायत सेवाहरु प्रदान गर्दे आएको प्रधानले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी पनौती नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष श्रीधर उपाध्याय कुईकेलले सहकारीले महिला दिदिबहिनीहरुको आयस्तर मात्रै नभई क्षमतामा समेत बृद्धि गरेको बताउनु भयो । ब्यबसायिक तालिम सह–लगानी, बचत तथा ऋण, एकताबद्ध गर्दै लगेको बताउनु भयो । आफै सक्षम भई घरपरिवार समेत सञ्चालनलाई सहज बनाउन प्रेरित गरेको बताउनु भयो । कार्यक्रममा संस्थाको आर्थिक बर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन सचिव सुवासना श्रेष्ठ तथा आर्थिक प्रतिवेदन सकुन्तला श्रेष्ठले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको शेयर पँजी १ करोड ८८ लाख २८ हजार, निक्षेप १४ करोड ७८ लाख ७ हजार, ऋण लगानी १३ करोड ६० लाख स्थर सम्पति ३१ लाख ३६ हजार रहेको जनाएको छ । त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक सुन्दिरा प्रधानले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष मैया महतले कार्यक्रम सञ्चालन सचिब सुवासना श्रेष्ठले गर्नु भएको थियो ।
आभाष साकोसको ११ औं वार्षिक साधारण सभा
बनेपा/आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष दिनेशराज कायस्थको अध्यक्षतामा सम्पन्न भएको छ । कायस्थले संस्थाको वर्तमान अवस्थामा ४ हजार भन्दा बढि सदस्य आबद्ध भई ५२ करोड भन्दा बढि वित्तिय कारोवार गर्न सक्षम भएको बताउनु भयो ।
संस्थाले स्थापनाकाल देखि वर्तमान अवस्था सम्म विभिन्न आरोह, अवरोध पार गर्दै आजको दिनसम्म आई पुग्न सफल र सबल भएको बताउनु भयो । संस्थाले नाफामात्र कमाउन नभई समाजप्रतिको उत्तरदायित्व महसुस गरि विभिन्न सामाजिक क्रियाकलापहरु गर्नुको साथै एक नौलो कार्यक्रम ‘छोरी अभियान थालनी गरि निरन्तर रुपमा सेवा गर्दै आईरहेका, सदस्यहरुको स्वास्थ उपचारको लागि सदस्यहरुको आर्थिक सहभागितामा सुरुवात गरेको’ आभाष सदस्य सुरक्षा कार्यक्रम, महिला सशक्तिकरणको लागि महिला समुह कार्यक्रमको महिलाहरुका लागि विभिन्न शिपमुलक तालिम तथा विभिन्न स्वास्थ शिविर एवं सामाजिक कार्यहरु गर्दै आइरहेको कायस्थले बताउनु भयो । संस्थाको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिबेदन प्रकाश कायस्थ तथा आर्थिक प्रतिबेदन कोषाध्यक्ष विकास बैद्यले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको शेयर पँुजी ३ करोड ६५ लाख ८५ हजार, ४५ करोड १९ लाख ७ हजार, ऋण लगानी ३९ करोड ४० लाख ६९ हजार रहेको जनाएको छ । त्यसैगरी लेखा तथा सुपरिबेक्षण समितिको प्रतिवेदन संयोजक धर्मभक्त प्रधानले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका प्रमुख ब्यबस्थापक सुभाष बैधले कोभिड–१९ को महामारीको समयमा सदस्यहरुलाई विशेष छुट प्रदान गरी विषेष प्याकेज घोषण गरिएको बताउनु भयो ।
कार्यक्रमको बन्दसत्रले पुनः दिनेशराज कायस्थको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष ग्रोवेन तौजले सचिव प्रकाश कायष्थ कोषाध्यक्ष विकास बैद्य र सदस्यहरुमा त्रिरत्न रंजितकार, कृष्णभक्त मुनाकर्मी, सदस्य सुरेन्द्र काजी मानन्धर, सदस्य सुन्दर काजी मानन्धर सुर्य कुमार रंजित, राजन कायस्थ र निर्मला दुवाल श्रेष्ठ निर्वाचित हुनु भएको छ । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजक धर्मभक्त प्रधान, सदस्यमा मोहन विनोद बजगाई र हिरामणि शर्मा तिमल्सिना निर्वाचित हुनुभएको छ ।
श्रीखण्डपुर साकोसको १३ औं सभा
श्रीखण्डपुर/श्रीखण्डपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष हरिगोपाल प्रधानाङ्गको अध्यक्षतामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष प्रधानाङ्गले सहकारीको मुख्य लक्ष्य भनेको सदस्यहरुको सामाजिक र आर्थिक उन्नतिमा टेवा पु¥याउनु रहेको बताउनु भयो । छरिएर रहेको स–साना रकमलाई संस्थाले दैनिक बचत, नियमित बचत, ऐच्छिक, शैक्षिक बाल बचत मार्फत संकलन गरी आवश्यकता अनुसार सदस्यहरुलाई कर्जा लागनी गरेको बताउनु भयो । प्रधानाङ्गले स्थानीय सरकारसँग समन्वय गरी आफ्ना सदस्यहरुलाई आर्थिक, सामाजिक र साँस्कृतिक लगायत अन्य पक्षको बृत्ति विकासमा हातेमालो गर्दे अगाडि बढ्ने बताउनु भयो ।
कार्यक्रममा संस्थाको आर्थिक बर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन सचिव राजेन्द्र कर्मचार्यले, आर्थिक प्रतिवेदन प्रेम कर्मचार्यले प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल कारोबार १ करोड २९ लाख ३१ हजार ५ सय २२ रहेको जनाएको छ । कार्यक्रमको बन्द सत्रबाट प्रमोद सुन्दर श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा भुवन श्रेष्ठ सचिव, राजेन्द्र कर्मचार्य कोषाध्यक्ष, पुण्यलाल मानन्धर, र सदस्यहरुमा मंगलभक्त श्रेष्ठ, राधेश्याम श्रेष्ठ, हरिकृष्ण मानन्धर, सुनिता प्रधानाङ्ग र कमला श्रेष्ठ रहनु भएको छ ।
त्यसैगरी लेखा तथा सुपरिबेक्षण समितिको संयोजक प्रेमबहादुर कर्मचार्य सदस्यमा सुन्दरलाल श्रेष्ठ र जयबहादुर श्रेष्ठ रहनु भएको छ ।





