2026 April 23/ 08:27: 10am

४ जिल्ला कार्यक्षेत्र विस्तार गर्दै २६ औं वार्षिक साधारण सभा सम्पन्न, कारोवार रकम २ अर्ब ५० करोड 
 पनौती/सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., पनौती ४, टौखालको २६ औं वार्षिक साधारण सभा सम्पन्न  भएको छ ।
 संस्थाका अध्यक्ष प्रकाश वन्जाराको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी  प्रदेश सभा सदस्य  बसुन्धरा हुमागाईले गर्नु भएको थियो । कार्यक्रका  प्रमुख अतिथि हुमागाईले सामुदायिक जिल्लामा मात्र नभै देश र विदेशमा समेत उत्कृष्ट रहेको उल्लेख गर्नुहुँदै एकिकरणको अभियानमा जिल्लामै अग्रणि भुमिका प्रस्तुत गर्दै सहकार्य र सदस्य सेवामा उत्कृष्ट कार्य गर्न सफल भएकोमा बधाई समेत दिनु भएको थियो । संस्थाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन उल्लेख्य रहेको र हरेक वर्ष यसमा देखिएको वित्तिय तथा गैर वित्तिय प्रगति अझै उत्कृष्ट हुने विश्वास ब्यक्त गर्नु भयो । कार्यक्रममा विशेष अतिथी पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले कार्यक्रममा नीति तथा विधिमा सञ्चालन भएको संस्थाले स्थानीय तह समेत सहकार्यमा सामाजिक कार्य लगायत कृषि तथा पशुपालनमा समेत सहकार्य गरिहेकोमा खुसि ब्यक्त गर्नुहुँदै अगामि दिनमा यस कार्यलाई अझै प्राथमिकताका साथ अगाडि बढाउने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।  
त्यसै गरी वाग्मती प्रदेश बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष उद्धव सापकोटाले एकीकरण अभियानको प्रशंसा गर्नुहुँदै संस्थालाई जीवित राख्ने मात्र हैन दिर्घकालीन रुपमा सञ्चालनको अवसर पनि प्रदान गर्ने उल्लेख गर्नु भएको थियो । कार्यक्रमका अतिथी पनौती नगरपालिकाका बरिष्ठ प्रमुख प्रशासकिय अधिकृत तथा स्थानिय सहकारी रजिष्ट्रार इन्द्र प्रसाद अधिकारीले समयको गतिलाई बुझेर नीति, विधि अनुरुप अगाडि बढेकोले नै एकिकरण अभियान मार्फत बृहत हुँदै गएको विचार ब्यक्त गर्नु भएको थियो ।  कार्यक्रममा नेफ्कुनका प्रार्चाय  गणेश प्रसाद तिमल्सिना, संस्थाका प्रमुख सल्लाहकार शम्भुलाल श्रेष्ठ,  संस्थासंग एकिकरण घोषणा भएको पलाञ्चोक भगवति बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष यज्ञ प्रसाद सेंढाइ लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । 

कार्यक्रममा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती ४ टौखालमा  पालाञ्चोक भगवती बचत तथा ऋण सहकारी संस्था लि. का.म.न.पा. ११, सुकेधारा, काठमाण्डौ, धुनीदेवी बचत तथा ऋण सहकारी संस्था लि. नमोबुद्ध न.पा. २, भकुण्डेवेशी, र लड्केश्वरी महिला चेतना बचत तथा ऋण सहकारी संस्था लि. पनौती ११ का पदाधिकारीहरुको ऐक्यद्धताका साथ संस्थाहरुको एकीकरण घोषणा समेत भएको थियो । उक्त  एकिकरण घोषणा पछि संस्थाको कार्यक्षेत्र काभ्रेपलाञ्चोक, काठमाडौ, भक्तपुर र ललितपुर गरि ४ जिल्ला हुनेछ भने एकिकरण पछि सदस्य संख्या २८ हजार र कारोवार रकम २ अर्ब ५० करोड पुग्ने संस्थाका अध्यक्ष प्रकाश बञ्जाराले बताउनु भयो । 
 कार्यक्रममा विश्वभर फैलिएको कोभिड १९ (कोरोना भइरस)को संक्रमणकालिन अवस्थालाई मध्यनजर गर्दै सम्वन्धित निकायहरुको सूचना तथा निर्देशनको समेत पालनाका साथभौतिक दुरी कायम हुने गरि सुरक्षा मापडण्ड पालना गर्दै कार्तिक १५ गते देखि २६ गते सम्म संस्थाको सवै सेवाकेन्द्रहरुमा साधारण सभाको उपस्थितिको ब्यवस्था मिलाइएको थियो ।  कार्यक्रममा आ.व. २०७६।०७७ को सचिव र कोषाध्यक्षको प्रतिवेदन सहित आ.व. २०७७।०७८ को कार्यक्रम तथा बजेट सम्बन्धी प्रतिवेदन संस्थाका कोषाध्यक्ष  प्रताप ताम्राकारले प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समिति र लेखा परिक्षकको प्रतिवेदन लेखा संयोजक हरि प्रसाद तिमल्सिनाले प्रस्तुत गर्नुभएको थियो । संस्थाका सचिव मुकुन्द शर्माले सञ्चालन गर्नु भएको कार्यक्रममा सञ्चालक समिति सदस्यहरु, उपसमितिका संयोजक तथा सदस्यहरु लगायत सेवाकेन्द्र सञ्चालन तथा ब्यवस्थापन उपसमिति संयोजक तथा सदस्यहरु र एकिकरण घोषणा भएका सहकारी संस्थाहरुको समेत उपस्थिती रहेको थियो प्रमुअ कार्यकारी अधिकृत मदन बस्नेतले बताउनु भयो ।