2026 April 23/ 08:26: 19am

बनेपा/भोमी बहुउद्देश्यीय सहकारी सहकारी लिमिटेडको २२औ साधारण सभा बाट  संचालक समितीमा पुन हरि शरण श्रेष्ठको अध्यक्षतमा नयाँ कार्य समिती निर्वाचत भएको छ । 
 जसको उपाध्यक्षमा हरि बहादुर श्रेष्ठ, सचिव कान्छा कुमार श्रेष्ठ, कोषाध्यक्ष गणेश नारायण जोशी, सह–सचिव  कैलाश श्रेष्ठ र सदस्यहरुमा मोहन कृष्ण श्रेष्ठ,  सत्य नारायण भालु, राम बहादुर भालु,  मिलन राज श्रेष्ठ रहनु भएको छ । त्यसै गरी लेखा तथा सुपरिबेक्षण  समिती संयोजकमा प्रदिप कुमार भैल सदस्यमा सुरेन्द्र कायष्ठ र  सुन्दर प्रसाद कारंजित निर्वाचित   हुनु भएको छ । साधारण सभामा संस्थाको  आर्थिक वर्ष २०७७÷७८को वार्षिक प्रतिबेदन सचिब गणेशनाराण जोशि र आर्थिक प्रतिबेदन कोषाध्यक्ष कान्छा कुमार श्रेष्ठले सभामा पेश गर्नु भएको थियो । संस्थाको शेयर पँुजी १ करोड १९ लाख २ सय, निक्षेप संकलन ९ करोढ १७ लाख ९० हजार कर्जा लगानी ७ करोड ३६ लाख र आम्दानी १८ लाख ६६ हजार रहेको छ । त्यसै गरी लेखा समितीको प्रतिबेदन अन्जना श्रेष्ठले प्रश्तुत गर्नु भएको थियो । संस्थाका अध्यक्ष तथा कार्यक्रममका सभापति हरि शरण श्रेष्ठले संस्था बहुउदेश्यीय भएका कारण कृषि सामाग्री संस्थान, साल्ट टे«निङ्ग कर्पोरेशनबाट रासानायीक मल सर्वसुलभ तरिकाबाट वितरण, ग्याँस उपलब्ध, सरसफाई अभियान, महिला शसक्तिकरण गर्नका लागी सिपमुलक तालिम, हेल्थ क्याम्प, विभिन्न चाडपर्वमा निशुल्क खानेपानी वितरण , बालबालिकाहरुलाई कुमार पूजा, तथा कन्या पूजा जेष्ठ नागरीक सम्मान लगाएतका थुर्पे सामाजिक काम गरेको बताउनु भयो सहकारीले बचत तथा ऋणको मात्र कारोबार नगरी बहुउदेश्यीय अनुसारको काम गरेको र आगामी दिनमा सदस्यहरुको सुविधाका लागी मिनिमार्ट भोवि स्वास्थय क्लिनीक र कृषि सम्बन्धि कार्य गरीने श्रेष्ठले वताउनु भयो ।