उद्धब प्रसाद अधिकारी/पाँचखाल
आर्थिक विकास मित्र वचत तथा ऋण सहकारी संस्थाको एकिकरण पछिको प्रथम बार्षिक साधारण सभाको उद्धघाटन पाँचखाल नगरपालिका सहकारी बिभाग प्रमुख एवं वडा नं ७ का वडा अध्यक्ष पुष्कर ढकालले गर्नु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि ढकालले केन्द्रको अधिकार स्थानिय तहलाई उपलब्ध गराएपछि पाँचखाल नगरमा १ सय ३९ सहकारीहरुको शाखा समेत नभएकोले अनुगमन जिम्मा कृषिका जेटिएलाई दिईएको बताउनु भयो । पाँचखालमा रहेका विभिन्न सहकारीको भन्दा उत्कृष्टि कार्य गर्दै अगाडी बढेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको पाँचखाल नगर सहकारी विभागले निरन्तर रुपमा साथ सहयोग रहने बताउनु भयो ।
कार्यक्रममा संस्थाको दुबै संस्था मर्ज भएपछि शेयर सदस्य सख्या ७ हजार ४ सय २६, शेयर पँुजी ५ करोड २७ लाख ९९ हजार ४ सय, बचत ३९ करोड १६ लाख ४ हजार ७ सय ७५, ऋण लगानी ४५ करोड ८१ लाख ९५ हजार, र संस्थाको १ रोपनी जग्गामा निर्मित आफ्रनै भवन रहेको सभामा जानकारी दिईएको थियो । संस्थाका उपाध्यक्ष सत्यवती भट्टराई सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष ईश्वरि राजकुमार मैनाली, सल्लाहकार बद्रीनाथ लुईटेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारण सभामा संस्थाका सचिव नारायण प्रसाद ढुंगानाले वार्षिक प्रतिबेदन, कोषाध्यक्ष राजन कार्कीले आर्थिक प्रतिवेदन र लेखा संयोजक प्रभुराम कोईरालाले लेखा प्रतीवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष सरोज सापकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्षले आर्थिक विकास वचत तथा ऋण सहकारी संस्था र मित्र बचत तथा ऋण सहकारी संस्था विच एकिकरण भई आर्थिक विकास मित्र वचत तथा ऋण सहकारी संस्था नामाकरण भई अगाडी बढेको संस्था एकिकरण पश्चात पहिलो साधारण सभा कोभिडको समयमा सहकारी विकास बोर्डले जारी गरेको नीति नियमको आधारमा साधारण सभा सम्पन्न भएको बताउनु भएको थियो ।





