धुलिखेल/धुलिखेल नगरपालिका भित्र रहेका सेवा निवृति हुन लाग्नु भएका शिक्षकहरुलाई सुविधा सहित एक कार्यक्रमका विच विदाई गरिएको छ ।
विदाई कार्यक्रममा धुलिखेल नगरपालिका नगर प्रमुख अशोक ब्यान्जुले शिक्षकहरुले शिक्षा क्षेत्रमा पुयाएको योगदानका आधारमा सम्मान सहित विदाई गरिएको बताउनु भयो । नगरपालिकामा दरबन्दि मिलान गर्दे शैक्षिक विकास र गुणस्तरीयमा ध्यान दिएको बतानु भयो । ब्यान्जुले नगरपालिकाले सामुदायीक विद्यालयहरुलाई सुधारका लागी र गुणस्तरीय प्रदान गर्न तालिम, प्रविधीअनुसारको शिक्षा दिन लागीएको बताउनु भयो । कोभिड–१९को महामारीका विचमा समेत बैकल्पीक विधी मार्फत शिक्षा प्रादन गरिरहेको बताउनु भयो । नगरपालिका भित्र भुकम्पले भत्काएका विद्यालयका भवनहरु निमार्ण कार्य अन्तिम चरणमा पुगेको बताउनु भयो । कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषेतम सुबेदी, शिक्षा शाखा प्रमुख माधब शर्मा लगाएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा स्वैच्छिक अवकास हुने शिक्षकहरु राममाया विजुक्छे, रामचन्द्र खत्री, हरी प्रसाद अधिकारी, देवी प्रसाद चौलागाई, करुणावती माकजु, जनार्दन कोईराला, केदार प्रसाद वाग्ले, सिताकुमारी नेपाल कोईराला, तपोधन कुईकेल, र जीयाराम श्रेष्ठलाई योगदानकोे आधारमा नगद सहित सम्मान गरीएको शिक्षा शाखा प्रमुख माधब शर्माले बताउनु भयो ।





