2026 April 23/ 07:23: 31am

काठमाडौ/सुनौलो परिवार नेपाल र मेरी स्टोप्स् नेपालकी सेवा प्रदायक लक्ष्मी रायमाझीलाई बिल गेट्स्को गेट्स्नोट्स्मा महामारीमा कीर्ति वर्णन नगरिएका ७ हिरोजहरू मध्ये एकको उपमा दिइएको छ । 
बिल गेट्सको ब्लग गेट्स्नोट्सले कोभिड १९ का बखत अप्ठ्यारोमा परेकाहरूको हेरचाह गर्ने अविश्वसनीय ७ व्यक्तिहरूको कथा समेटेको थियो । त्यसमध्ये नेपालबाट लक्ष्मी रायमाझी उक्त महामारीमा कीर्ति वर्णन नगरिएका ७ हिरोजहरू मध्ये एक व्यक्तिका रुपमा परेकी हुन् । उनले काभ्रेमा परिवार नियोजनका सेवाहरू प्रदान गरिरहेकी छिन् । गेट्स्नोट्स्–महामारीमा कीर्ति वर्णन नगरिएका ७ हिरोज्हरूमा, मानवतावादी गेट्स्ले कोरना महामारीको भोगाइ निवारण गर्नका निम्ति लागि परेका संसारभरीका असाधारण व्यक्तिहरूका बारे प्रकाश पारेका छन् । लक्ष्मी रायमाझी, जो दीर्घप्रभावी उल्ट्याउन सकिने निरोध एलएआरसी समूह काभ्रेकी भेटघाट गर्ने सेवा प्रदायक हुन् । जसलाई एक असाधारण पात्रका रुपमा प्रकाशमा ल्याइयो, उनी खतरनाक बाटोघाटो हुदै, घण्टौ हिडेर खोलानाला तर्दै र पहिरोलाई छिचोल्दै आफूले सेवा प्रदान गर्ने गाउँमा पुग्छिन । 
यस महामारीले नेपालमा महिलाहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरू प्रदान गर्न एउटा नयाँ अवरोधको सिर्जना ग¥यो । थुप्रै महिलाहरू स्थानीय स्वास्थ्य सेवा संस्थाहरूमा सेवा लिन जादैनन् किनकि उनीहरू कोरोना भाइरसले संक्रमित पो हुइन्छ कि भनेर डराउँछन् । यद्दपी, लक्ष्मी यी चुनौतीहरू पार लगाउन र उनको सेवा आवश्यक भएका महिलाहरू समक्ष पुग्न प्रयत्नरत छिन् । ‘यदि मेरो प्रयत्नले, महिलाको स्वास्थ्य राम्रो हुन्छ, र हाम्रा समुदायहरूमा एउटा स्वस्थ प्रभाव पर्छ भने, म आभारी हुन्छु’ उनले भनिन् ।
कोरना  महामारीको अवधिमा, धेरैजसो सरकारी स्वास्थ्यसेवा निकायहरू कोभिड वा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न केन्द्रित रहेका थिए र यौन तथा प्रजनन्स्वास्थ्य सेवाहरूलाई सधै प्राथमिकताका रुपमा लिइएन । मेरी स्टोप्स् नेपाल, प्रजनन् स्वास्थ्यको उप–समूह (स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखा, गैसस तथा प्रजनन्स्वास्थ्यमा काम गर्ने दातृ निकायहरू सम्मिलित) सँगको संयोजनमा यौन तथा प्रजनन्स्वास्थ्य वास्तवमै अत्यावशकीय सेवा हो भनेर पुष्टि गर्न र पैरवी गर्न सक्षम भए । मेरी स्टोप्स्नेपालले आफ्ना सबै सेवा प्रवाह बिन्दुहरूबाट महामारीकै अवधिमा यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान जारी राख्यो । सुनौलो परिवार नेपाल र मेरी स्टोप्स् नेपाल सन् १९७६ मा स्थापित मेरी स्टोप्स् अन्तरराष्ट्रियको एउटा अंश हो, जुन यौन र प्रजनन्स्वास्थ्य सेवा संस्थाहरूको एक वैश्विक साझेदारीे हो । सुनौलो परिवार नेपाल र मेरी स्टोप्स् नेपाल थुप्रै सेवा प्रवाह विन्दु मार्फत नेपालको जनसंख्या रहेको हरेक भागमा हरेक बच्चाको जन्म रहरले होस् भनेर सुनिश्चित गर्न कार्यरत छ । उक्त परियोजना युके एडको आर्थिक सहयोग रहेको नेपाल परिवार नियोजन परियोजनाको भाग हो । जसले नेपालका सातैवटा प्रदेशभरि दुर्गम भेगका र वहिष्करणमा परेका महिलाहरूलाई समेत समेटी १५ लाख महिलाहरूको परिवार नियोजन सेवाहरूमा पहुँच अभिवृद्धि गर्नका लागि महिला र पुरुषलाई सेवा प्रदान गर्दछ । यस्ता किसिमका सेवाको प्रयोग कम भएका ठाउँमा जस्तै किशोरकिशोरीहरूका माझ र केही जनजातीका समूहहरूमा माँग वृद्धि गर्न पनि काम गर्दछ । विगतका ३ वर्षमा, यस परियोजनाले ६५ हजार  महिला जसमध्ये ५ प्रतिशत  किशोरकिशोरी (२० वर्षभन्दा कम उमेरका) हुन् ।
र ती मध्ये ५७ प्रतिशत जसले २.५ डलरभन्दा कम खर्चमा दैनिक गुजारा चलाउँछन्, उनीहरूलाई सेवा पु¥र्याएको छ । यस परियोजनाले परिवार नियोजन सेवामा पहुँच विस्तार मात्र होइन कि गुणस्तरीय सेवा तथा ज्ञान व्यवस्थापनका लागि सायना प्रेस जस्ता विधि प्रयोग गरेर यसलाई अझ फराकिलो बनाएको छ । सन् २०२० मा यो परियोजनाको अन्त्य हुनेछ । सुनौलो परिवार नेपाल र मेरी स्टोप्स् नेपाल सन् १९९४ मा स्थापित भएको हो । यसको महत्वपुर्ण भुमिकाका कारण विगतका ६ वर्षमा झन्डै ७७१,९७३ अनिच्छित गर्भहरू र करिब ५२६, ४५९ असुरक्षित गर्भपतन रोकिए । केही वर्षको सुरक्षा (सि वाई पि) कुनै जोडीलाई एक वर्षका लागि गर्भ बस्नबाट रोकथाम गर्ने निरोध हो । सुनौलो परिवार नेपाल र मेरी स्टोप्स् नेपालले जम्मा २,७०४,१९९ को संख्यामा लाभान्वितको हुने अवस्था सिर्जना ग¥यो । नेपालका थुप्रै महिलाहरू यस संस्थाका सेवाहरूबाट लाभान्वित भए, जसले उनीहरूलाई बच्चा पाउने कि नपाउने अथवा कहिले पाउने भन्ने चयन गर्ने शक्ति प्रदान गरेको छ । 
“मैले लक्ष्मी जस्ता सेवा प्रदायक व्यक्तिहरू जो साच्चै नै नेपालको स्वास्थ्य सेवा क्षेत्रका महानायकनायिका नै हुन्, उनीहरूलाई भेट्ने र उनीहरूबाट सिक्ने अवसर पाए । लक्ष्मी तथा उनले प्रतिनिधित्व गर्ने अन्य थुप्रै यस उपमाका सच्चा हकदार हुन् । संयुक्त अधिराज्य बेलायत नेपालका अत्यन्त ग्रामिण भेगहरूमा परिवार नियोजनका सेवाहरू प-र्याउनका लागि यी महिलाहरूले गर्ने कामलाई मद्दत गर्न पाउदा गर्व गर्दछ, बेलायती राजदूतावास काठमाण्डुका विकास निर्देशक लिसा होनान्ले बताउनु भयो ।