बनेपा/रेडियो एवीसी एफ.एम. ८९.८ मेगाहर्जको १४ औँ बर्षगाँठको अवसरमा मानव सेवामा सहयोग गरी मनाएको छ ।
मानव कल्याण समाज सेवा घर काभ्रे धुलिखेलका जेष्ठ नागरिक बालबालिकाहरुलाई खाद्य सामग्री तथा प्रेसर कुकर, पानी तताउने इलेक्ट्रिक जग वितरण गरी वार्षिकोउत्सब मनाएको हो । समारोहमा रेडियो एवीसी एफ.एम. ८९.७ मेगाहर्जकी निर्देशक उषादेवी मानन्धरले संस्थाको अध्यक्ष सुमित्रा चौलागाईलाई खाद्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । रेडियोकी निर्देशक मानन्धरले सामुदायिक रेडियोहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत समाजमा चेतना फैलाउने कार्य गरेको उल्लेख्य गर्दै समाज रुपान्तरणमा सहयोग पु¥याएको बताउनु भयो । संस्थाकी सह अध्यक्ष सुमित्रा चौलागाइले अपाङ्ग, असाहय, मनोरोगी जेष्ठ नागरिकहरुको सेवा गर्न पाउँदा मननै आनन्दित भएको बताउनु भएको थियो । हाल सेवा घर धुलिखेलमा जेष्ठ नागरिक सहित १४ जना रहेका छन् । कार्यक्रममा रेडियो एबीसीका स्टेशन म्यानेजर रमेशप्रसाद न्यौपानेले समाजमा भएका सबै खालका सामाजिक विभेदको अन्त्य, समाजमा देखिएका विकृति विसँगति विरुद्धमा चेतना पैmलाउन सामुदायिक रेडियोहरुले भूमिका खेलेको बताउनु भयो । कार्यक्रम संस्थाकी अध्यक्ष सुमित्रा चौलागाईको सभापतित्वमा सम्पन्न भएको थियो ।





