2026 April 23/ 07:23: 29am

बनेपा, नाला/बनेपा नगरपालिका वडा नम्वर १ को वडा कार्यालय भवनको तेस्रो तल्लाको ढलान सम्पन्न भएको छ । 
नगरपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को योजना अन्र्तगत उक्त भवन ७० लाख रुपैयाँमा निर्माण हुनेछ । वडा अध्यक्ष पिताम्बर दुलालले तीन तल्ले भवन निर्माणको कार्य उपभोक्ता समिति मार्फत भएको  बताउनु भयो । वडाले यहि आर्थिक वर्ष बाट वडाबाट दिने सुविधा आफ्नै भवनबाट दिन सकिने बताउनु भयो । वडा कार्यालय ब्यबस्थापन पछि जनताका कामलाई अझै छिटो र ब्यबस्थित गर्न सकिने बताउनु भयो । बनेपा नगर कार्यपालिका सदस्य प्रमिला पाण्डेले उपभोक्ता मार्फत वडा भवन निर्माण, विभिन्न विकासका कामहरुमा सहजता तथा सहजीकरण गरी सम्पन्न गरिएको बताउनु भयो । हरेक विकासमा उपभोक्ताको सहभागिताले विकासका काममा हौसला मिलेको पाण्डेले बताउनु भयो । कोरनाका विचमा समेत विकासका कामहरुलाई तिब्रता दिदै जनताको सेवामा लागिरहेको बताउनु भयो । भवन निर्माण समितिका अध्यक्ष भगवान महतले निर्माण कार्य समयमै सम्पन्न गर्ने बताउनु भयो । सबै क्षेत्रको सहयोगले समयमै निर्माण सम्पन्न गर्न लागिएको बताउनु भयो । ढलानमा जिल्ला समन्वय समिती सदस्य विकास मंग्राती, वडा सदस्य कपिल दुलाल, स्थानियबासी लगायतको सहभागिता रहेको थियो ।