2026 April 23/ 08:26: 28am

    बनेपा/यूवा कृषि मञ्चले काभ्रे जिल्ला शाखा गठन गरेको छ । काभ्रे जिल्लामा विभिन्न पालिकाहरुमा कृषि क्षेत्रमा क्रियाशील युवा कृषि उद्यमीहरुको भेलाले सागर रायमाझीको संयोजकत्वमा १७ सदस्य समिति गठन गरेको हो । 
    युवा कृषि मञ्चका केन्द्रीय अध्यक्ष जयराम सिग्देलले कृषिलाई आधुनिकीकरण गर्दै सामुहिक खेतीतर्फ अग्रसर हुन तथा कृषि क्षेत्रमा लागेका यूवाहरुले नयाँ प्रविधिसहित नयाँ तरिकाले कृषि व्यावसायीक बनाउनतर्फ जानका लागि यूवाहरुलाई जोड दिए । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सिन्धुपाल्चोकका वरिष्ठ कृषि अधिकृत प्रकाश पौडेलले यूवाहरु चक्लाबन्दी खेतीतर्फ जान र कृषिलाई आधुनिक प्रविधितर्फ लैजान सक्रिय हुनुपर्ने धारणा राख्दै चक्लाबन्दी खेतिमा सहभागीहरुलाई परियोजनाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
    भेलाबाट सह–संयोजकमा क्षेत्र लामा, सचिव सुरेश अधिकारी, सह–सचिव सविन घिमिरे, कोषाध्यक्ष अस्मिता तिमल्सिना, सदस्यहरुमा नवराज घिमिरे, प्रताप लामा, रोशन वाईवा, सुनिल लामा, विष्णु महत, प्रताप लामा, श्याम तिमल्सिना, गौरी लामा, अनिल नेपाल ,सुरेन्द्र तामाङ, पृथ्वी भुजेल चयन भएका छन् । समितिका संयोजक रायमाझीले कृषि क्षेत्रमा अग्रणी रहेको काभ्रे जिल्लाका युवा कृषकहरुलाई समेट्दै हरेक पालिकाहरु वडाहरुसम्म पुगेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।