2026 April 23/ 08:26: 17am

    बनेपा/बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवंम् थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी भएको “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७ मा उल्लेखित व्यवस्था अनुसार असोज महिनाको महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनालाई घोषणा गरिएको छ । 
    ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेमा कार्यरत प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिना असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा भएका हुन । असोज महिनाको बिभिन्न मितिमा गरी ९ जना फरार प्रतिबादीलाई पक्राउ गरी सम्मानित अदालतमा कैद भुक्तानको लागि पेश गरेको, लागु औषधको बिक्रि वितरण र रोकथामको लागि लागु औषध सहित मानिस पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउनुका साथै डलर साट्ने बहानामा ठगी गर्ने समुहलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको लगायतका कार्यहरुको उचित मुल्यांकन गर्दै प्रदेश प्रहरी कार्यालयमा गठन भएको छनौट समितिले निजलाई महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरी अभिलेखमा जनिने गरी नगद पुरस्कारद्धारा पुरस्कृत गरेको छ ।