2026 April 23/ 08:26: 17am

    पनौती/पनौतीमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले २६ औं वार्षिक साधारण सभा आयोजना गरेको छ । 
    संस्थाको मुख्य कार्यालय टौखालमा पनौती नगरपालिका उपप्रमुख गीता बन्जाराको प्रमुख आतिथ्यतामा उक्त सभा आायोजना गरिएको थियो । संस्थाका अध्यक्ष प्रकाश बञ्जाराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कुनका प्राचार्य गणेशप्रसाद तिमल्सिना, पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा लगायतको सहभागिता रहेको थियो । कोरोना भाइरस (कोभिड १९) को प्रभाव कायमै रहेकोले भौतिक दुरी कायम राखि सहकारी विभागको निर्देशिका बमोजिम १२ दिनसम्म सञ्चालन हुने साधारण सभाको उद्घाटन समारोहमा संस्थाको सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, उपसमिति र कर्मचारीहरुको उपस्थितिमा साधारण सभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
    २६ हजार २ सय ४१ जना शेयर सदस्यहरु रहेको संस्थाको पहिलो दिन २ हजार ३० जना शेयर सदस्यहरु उपस्थित हुनु भएको थियो । संस्थाले २०७७ कार्तिक २६ गते बन्द शत्र आयोजना गरी २६ औं वार्षिक साधारण सभाको विधिवत समापन गर्ने संस्थाका सचिव मुकुन्द शर्माले जानकारी दिनुभयो । संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको २०७७ असोज मसान्तसम्मको सदस्यता प्रतिवेदन र वित्तीय प्रतिवेदनको बारेमा जानकारी गराउनु भएको थियो । 
    कार्यक्रममा संस्थाका उपाध्यक्ष कुमार प्रसाद लामिछानेले मन्तब्य सहित स्वागत गर्नु भएको थियो भने नेफ्स्कुनका प्राचार्य गणेश प्रसाद तिमल्सिना, नेफ्स्कुनका पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक हरि प्रसाद तिमल्सिना, प्रमुख सल्लाहकार शम्भुलाल श्रेष्ठ र परामर्शदाता दीपक थापाले मन्तव्य राख्नु भएको थियो ।