अटल पाँचकुण्ड साकोसको चौथो बार्षिक साधारण सभा सहकारी विभागको निर्देशन अनुसार सुरक्षाको मापदण्ड पुरा गर्दै संस्थाका अध्यक्ष दिपक प्रसाद दाहालको सभापतित्वमा सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका सचिव बिष्णु शर्माले संस्थाले आ.व. २०७६/०७७ मा गरेको कार्यक्रम तथा प्रगति बिवरण पेश गर्दै २८०० सदस्य रहेको जानकारी दिनु भएको थियो । त्यसैगरी संस्थाका कोषाध्यक्ष जनक तिमल्सिनाले वित्तिय विवरण पेश गर्दै शेयर तर्फ रु. २,१४,३१,८००।००, निक्षेप तर्फ १८,०४,०२,९५०।०० र ऋण लगानी तर्फ रु. १७,०६,९१,०६६।०० रहेको जानकारी दिदै रु. २२,११,८२,५९१।०० को वासलात रहेको जानकारी दिनु भएको थियो । कार्यक्रममा उत्कृष्ट बचतकर्ताहरुमा महिलातर्फ सुशिला के.सी., पुरुषतर्फ मिनप्रसाद ढुङ्गाना, बाल बचतकर्ता तर्फ निर्जल थापा, ऋणी महिला तर्फ माईली योञ्जन, पुरुष ऋणी तर्फ प्रेमबहादुर कार्की, शेयर खरिद तर्फ कल्पना विष्ट र उत्कृष्ट कारोवार तर्फ रामेश्वर के.सी. तथा संस्थामा सदस्यता बृद्धि गर्न योगदान पु¥याउनु हुन नानु कुईकेल, सरिता थापा र राजन भट्टराई लगायतलाई दोसल्ला, मायाको चिनो र प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा कोरोना महामारी बिच संस्थाको कार्य सम्पादन र सदस्य सेवामा पु¥याएको योगदानको गदर गर्दै संस्थाका कर्मचारीहरुलाई नगद सहित प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो ।





