2026 April 23/ 06:55: 48am

    नमोबुद्ध, भकुण्डे/नमोबुद्ध नगरपालिकाले एक सय भन्दा धेरै विपन्न परिवारलाई दशैं लक्षित राहत वितरण गरेको छ । नेपाल जेसुइस सामाजिक संस्थाको सहयोगमा नमोबुद्ध नगरपालिकाले नगर भित्रका ११ वटै वडाका १ सय १२ परिवारलाई राहत वितरण गरेको हो । 
    नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले विपन्न परिवारलाई राहत वितरण गर्नु भएको हो । राहत प्याकेजमा प्रति परिवार १ बोरा चामल, १ किलो नुन, १ किलो चना, १ लिटर तेल, १ केजी सोयाविन तथा २ किलो दाल रहेको छ ।  नगरपालिकाका सबै वडाका अति विपन्न, अशक्त, अपांग तथा एकल महिलालाई राहत दिइएको नगर प्रमुख तिमल्सिनाले बताउनुभयो । नमोबुद्ध नगरपालिकाले कोभिड १९ महामारी सुरु भएयता वितरण गरेको यो चौंथोपटकको राहत हो । यसअघि नगरपालिकाले विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा राहत वितरण गरिसकेको छ ।