बनेपा/हिमाल बचत तथा ऋण सहकारी संस्था लि.को १३ औ वार्षिक साधारण सभाबाट नारायण प्रसाद तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
जसको उपाध्यक्षमा शुभद्रा तिमल्सिना सचिब हुद्धराज तिमल्सिना कोषाध्यक्ष रमेश प्रसाद न्यौपाने सदस्यहरुमा गणेश प्रसाद बडाल, देवकी सापकोटा, प्रदिप गौतम रहनु भएको छ भने लेखा समिती संयोजक प्रकाश तिमल्सिना र सदस्यमा मोतीराम तिमल्सिना र सरिता त्रिपाठी रहनु भएको छ । साधारण सभामा संस्थाको आर्थिक वर्ष २०७६/०७७ को शेयर पूँजी ६० लाख ७७ हजार निक्षेप १ करोड ९१ लाख ४१ हजार ऋण लगानी २ करोड ८६ लाख ६१ हजार रहेको जनाएको छ ।
कार्यक्रम संस्थाका सल्लाहाकार रमेश हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने सभापतित्व अध्यक्ष देवराज दाहाल रहनु भएको थियो । कार्यक्रम कोभिड १९ को मापदण्ड पुरा गरी सम्पन्न भएको थियो /





