एभरेष्ट बैंक लिमिटेडले पाँचखाल नगरपालिकासँग कृषि ऋण प्रदान गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषि ऋण उपलब्ध गराउने भएको हो ।
कृषि ऋण सँग सम्वन्धित सम्झौता पत्रमा पाँचखाल नगरपालिकाका मेयर महेश खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगीले हस्ताक्षर गरेका छन । पाँचखाल नगर कृषि शहर नारा राखेको नगरपालिकाले सम्झौताबाट पाँचखालका किसानको लागि सहुलियत रुपमा व्याज लाग्ने गरी ऋण पाउने पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले जानकारी दिए ।





