2026 April 23/ 06:56: 14am

    बनेपा/पञ्चकुमारी बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड बनेपाको १३ औं बार्षिक सभा तथा पाँचौ अधिबेशन शुक्रबार सम्पन्न भएको छ । साधारण सभामा संस्थाका सल्लाहकारहरु कृष्णप्रसाद तिमल्सिना, बाबुकृष्ण पन्त, कृष्णप्रसाद शाक्यको सहभागिता रहेको थियो । 
    अध्यक्ष मधुसुदन पन्तको अध्यक्षतमा सम्पन्न कार्यक्रममा निर्वाचनका लागि पूर्व अध्यक्ष एवं चर्तुभुज तिमल्सिनाको संयोजकत्वमा निर्वाचन समिति गठन भएको थियो । अधिबेशनले निर्विरोध पुनः मधुसुदन पन्तको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष कल्पना सापकोटा, सचिव गोविन्द दाहाल, कोषाध्यक्ष लोकमणी दाहाल, सह सचिव बद्रि केसी, सह–कोषाध्यक्ष इश्वरी तिमल्सिना रहनु भएको छ । श्रीकृष्ण सुदर्शन पार्टी प्यालेस बुडोलमा सम्पन्न कार्यक्रममा अधिबेशनको बन्द सत्रले कार्य समितिको सदस्य पदमा प्रेमप्रसाद सत्याल, नवराज तिमल्सिना, माधव रिमाल, यादवप्रसाद सिटौला रहनु भएको छ । उत्कृष्ट बचतकर्ता नानीदेवी कुँईकेल, असल ऋणी भरत तिमल्सिनालाई सम्मान गरिएको थियो । शेयर सदस्यहरुले सामाजिक दुरी कायम राखेर सभामा सहभागी भएका थिए ।