2026 April 23/ 07:23: 35am

    नमोबुद्ध, भकुण्डे/नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को बार्षिक समीक्षा तथा आर्थिक वर्ष २०७७÷०७८ को चौमासिक समिक्षा असोज ३० गते शुक्रबार सम्पन्न गरेको छ । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाई, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, वडा अध्यक्ष धर्मसिं तामाङ लगायतले मन्तब्य राखेका थिए । 
    नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा चालु खर्च ७५.२७ प्रतिशत, पूँजीगत खर्च ७७.९९ प्रतिशत रहेको छ भने कुल खर्च ७६.६३ प्रतिशत रहेको छ । प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाईले नगरको प्रगति समिक्षा प्रतिवेदन प्रस्तुत गर्दै विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोबिड–१९) रोकथाम तथा नियन्त्रणको लागि विभिन्न स्वास्थ्य सम्बन्धित जनचेतना मुलक तथा विविध अन्य कार्यक्रमहरु संचालन गरिएको बताउनु भयो । सोको लागि आवश्यक स्वास्थ्य सामग्री, क्वारेन्टाइन र आईसोलेसनको उचित व्यवस्थापन गरिएको छ । हाल सम्म १ सय ३० जना (८ जना महिला, १ सय २२ जना पुरुष) नगरको क्वारेन्टाइनमा बसेका छन् । कुल १७ जना (६ महिला, ११ पुरुष) कोभिड–१९ संक्रमित मध्ये ७ जना (१ महिला, ६ जना पुरुष) नगरको आईसोलेसनमा राखी उपचार गरिएको छ । 
    सडक पूर्वाधार अन्तर्गत १ हजार १ सय मिटर पक्की ड्रेन, ४ वटा कल्वर्ट, ५५०० मि. ग्रावेल गरिएको, एक वडा एक वडा पोखरी, एक वडा एक चौतारी निर्माण कार्यक्रम संचालन गरिएको, नगर युवा परिषद् गठन गरी युवा लक्षित सिप विकास कार्यक्रम संचालन गरिएको, ईटा भट्टा विस्थापित क्षेत्रमा विभिन्न संघसंस्था लगायतको सहकार्यमा विविध कार्यक्रम संचालन, गरिएको र किसानहरुलाई नि शुल्क आलुको विउ वितरण, २ वटा डिप बोरिङ लगायत कार्य सुरु भएको, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जम्मा ४०३ ( जसमध्ये २१२ महिला, १९१ पुरुष) जना व्यक्तिहरु बेरोजगारको सुचिमा सुचिकृत भएको र सोहि कार्यक्रमबाट ३९ सुचिकृत बेरोजगारहरुलाई ४ वटा आयोजना मार्फत रोजगारी उपलब्ध गराईएको, नमोबुद्ध नगरपालिकाको सिमानास्थित वडा नम्बर १ मा पर्यटन पूर्वाधार कार्यक्रमबाट कलात्मक शैलीमा प्रवेशद्वार निर्माण गरिएको, वडा नम्बर ४ स्थित जिल्लाको एक मात्र सरकारी अस्पताल मेथिनकोट अस्पताललाई सुविधा सम्पन्न गरिदै प्रादेशिक अस्पतालमा रुपान्तरण गरिएको, विद्यार्थी सिकाईलाई निरन्तरता दिन रेडियो कक्षा संचालन गरिएको, गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम समयमा नै सम्पन गरिएको, मेथिनकोट अस्पतालमा निशुल्क रेबिज विरुद्धको भ्याक्सीन खोप उपलब्ध गराइएको, खेलकुद प्रवद्र्धधन गर्ने उदेश्य अनुरुप मेयर कप फुटबल सम्पन्न, नगरपालिकाको प्रशासनिक भवनको बाँकी कामको ठेक्का सम्झौता सम्पन्न भई निर्माणाधीन अवस्थामा रहेको, वडा नम्बर ०३, ०६, ११ को वडा कार्यालय निर्माणको लागि बोलपत्र आह्वान भई निर्माणाधीन अवस्थामा रहेको, वडा नम्बर ०२, ०७, ०८, ०९, १० वडा कार्यालय निर्माणको लागि बोलपत्र आह्वानको अन्तिम तयारीमा रहेको, सम्पूर्ण वडामा आधारभूत स्वास्थ्य चौकी स्थापना गरिएको र वडा नम्बर ०२, ०३, ०६, ११ मा आधारभूत स्वास्थ्य चौकीको भवन निर्माणाधीन अवस्थामा रहेको, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि डिपिआर  तयार भई आईई गर्ने कार्यको सुरुवात गरिएको, नगरपालिकाका विभिन्न क्षेत्रमा १६ वटा सडक सौर्य बत्तीको जडान गरिएको, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सेवा इकाई स्थापना भई सामाजिक सुरक्षा भत्ता निरन्तर बैंकिङ सेवाबाट वितरण गरिएको, जनप्रतिनिधि पदवहाली हँदा हस्ताक्षर गरिएका ३ वटा प्रतिबद्धताहरु मध्ये नगरपालिकालाई वातावरणमैत्री बनाउने र सोहि प्रतिवद्धता पुरा गर्ने उदेश्य अनुरुप नगरक्षेत्र भित्र विगतमा सञ्चालित मापदण्ड विपरीत तथा अव्यवस्थीत प्रदुषण जन्य उद्योगहरु उद्योगिहरुबाटै पेश भएको प्रतिवद्धता र सोहि अनुसारको सम्झौता बमोजिम उद्योग विस्थापन गरी सो क्षेत्रमा प्रधानमन्त्री आधुनिकीकरण कृषि कार्यक्रम लगायतका कार्यक्रम संचालन गरिएको, नमोबुद्ध नगरपालिकाको आफ्नै नगर गान, नगर झण्डा र नगर लोगो तयार गरि प्रयोगमा ल्याएको, नमोबुद्ध नगरपालिका भित्रको भकुण्डे–आरुबारी चौर–दाप्चा सडक र भकुण्डे–दलसिंगे सडकको कालोपत्र कार्यको सुरुवात गरिएको, सुत्केरी महिला प्रोत्साहन कार्यालय संचालन गरिएको, युवा नवप्रवर्तन केन्द्र स्थापनाको प्रकृया सुरु गरिएको, कोरोना भाईरस (कोबिड(१९) बाट प्रभावित विपन्न परिवारलाई संघसंस्थाहरुको सहयोगमा विभिन्न चरणमा राहत वितरण गरिएको, कृषि उपज संकलन केन्द्रको स्थापना गरिएको, विउको एक वडा एक बोयर बोका वितरण गरेको छ । 
    कार्यक्रममा नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले ब्यक्तिगत खर्चमा पढाईरहनु भएका ६ विद्यार्थीहरुलाई छात्रवृत्ति रकम हस्तान्तरण गर्नु भएको थियो भने टिपी शर्मा सिर्जनशिल पत्रकारिता पुरस्कार कोषका लागि १ लाख १ सय रुपैयाँ नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनालाई हस्तान्तरण गरिएको थियो ।