धुलिखेल/कोरोना भाइरसका कारणले हाल विश्वभर फैलिरहेको महामारीका कारणले संस्थाका नियमित कार्यक्रमहरु संचालन गर्न असहज रहेको समयमा विषम परिस्थितीलाई मध्यनजर गर्दै अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लि.ले चौंथो बार्षिक साधारण सभा सञ्चालन गरिरहेको छ ।
सहकारी विभागको निर्देशन अनुसार सामाजिक दुरी कायम गर्दै मिति २०७७ असोज २४ गते देखि सदस्यहरुलाई सदस्यता नम्बर अनुसार उपस्थिति हुँदा परिवहन खर्च दिई उपस्थिति मिति २०७७ असोज २९ गते विहान १० बजे देखि दिउँसो ४ बजे सम्म सूचारु रहने सकासोका प्रवन्धक राम गोपाल घलेले जानकारी दिनुभयो । घलेले साकोसको चौथो बार्षिक साधारण सभाको औपचारिक कार्यक्रम सामाजिक दुरी कायम गर्दै आगामी कात्र्तिक १ गते तय गरेको बताउनु भयो ।





