बनेपा/लायकु क्लब बनेपाले कोभिड–१९का कारण प्रत्यक्ष समस्यामा रहेका परिवारका लागी दोस्रो चरणको राहत संकलन गरी वितरण शुरु गरेको छ ।
नगरपालिका भित्र कोठा लिई बस्ने र ज्याला मजदुरी गरेर बस्ने परिवारका लागि चामल, दाल, नुन, चिनी, मस्यौरा विस्कुट लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको क्लबका अध्यक्ष विक्रम प्रजापतिले बताउनु भयो । हुनेले दिएर जानुस र नहुनेले लिएर जानुस भन्दै विस्तारै कारोनाको त्रास बढ्दै गईरहेको कारणले राहत बोकेर क्लबका युवाहरु घर घर पुगी सेवा गरि रहेको प्रजापतिले वताउनु भयो ।
पहिलो चरणमा दिनको ५० जनाका दरले राहत वितरण गरिएको प्रजापतिले बताउनुभयो । परिवारको अबस्था हेरेर कोरोनाको जोखिमलाई मध्यनजर गर्दे घरमै पुगेर राहत प्रदान गरिएको क्लबका अध्यक्ष विक्रम प्रजापतिले वताउनु भयो । क्लबको सामाजिक उत्तरदायित्व अन्तर्गत भएकाले सामाजिक कार्यहरु निरन्तर जारी राखिने समेत प्रजापतिले बताउनु भयो ।
फुड बैंकका लागी विभिन्न सघं संस्था, ब्यक्तिहरुले सहयोग गरिएको जनाएको छ । सहयोगी हातहरुलाई क्लबले धन्यबाद दिदै थप ब्यक्ति तथा संस्थाहरुलाई सहयोग अपेक्षा गरेको जनाएको छ । क्लबले विगतमा सरसफाई, खेलकूद लगायतका कार्य गर्दै आएको बताएको छ ।





