वनेपा/वनेपा नगरपालिका वडा नम्वर ५ चण्डेश्वरी बगैंचामा कर्माचार्य समाज काभ्रे शाखाको आयोजनामा कर्माचार्य समाज राष्ट्रिय भेला समितिको परिचयात्मक कार्यक्रम कर्माचार्य समाज राष्ट्रिय भेला समितिका अध्यक्ष चण्डेश्वर कर्माचार्यको प्रमुख आतिथ्यमा र कर्माचार्य समाज काभ्रे शाखाका अध्यक्ष्। सिद्धिबहादुर कर्माचार्यको संचालनमा सम्पन्न भएको छ ।
कार्यक्रममा ३२ जना कर्माचार्यहरुको सहभागिता थियो । प्रत्येकले आ–आफनो मन्तब्यका साथ परिचय दिनु भएको थियो । केन्दीय कार्य समितिका तर्फबाट कोषाध्यक्ष मदन कर्माचार्य, बद्रिकुमार कर्माचार्य, बद्रिनारायण कर्माचार्य, मिलन कर्माचार्य, मनोज कर्माचार्य, प्रमुख बक्ताका रुपमा डा.उत्तम कर्माचार्य हुनुहुन्थ्यो । राष्ट्रिय कलाकार हरि कर्माचार्य, खेलकुद क्षेत्रका महेश कर्माचार्य, समाजसेवी एबम गायक कलाकार बिजयराम कर्माचार्य, बालकृष्ण कर्माचार्य, पुरुषोत्तम कर्माचार्य, आनान्द कर्माचार्य, केशव कर्माचार्य, श्रीमती पुनमाया कर्माचार्य, नाला उग्रचण्डी भगवती गुठी ब्यबस्थापन समितिका तर्फबाट कोषाध्यक्ष कृष्णगोपाल कर्माचार्य, सचिव सुनिल कर्माचार्य, जितेन्द्र कर्माचार्य, साँगााबाट पूर्णकुमार कर्माचार्य र पुण्यलाल कर्माचार्य, श्रीखण्डपुरबाट पूर्णबहादुर कर्माचार्य समेतले सहभागिता जनाउनु भएको थियो । कार्यक्रममा नेपालमा कर्माचार्यको अभ्युदय, बिशेष दायित्व एबम भूमिका, वनधुदत्त कर्माचार्यको नेपालमा श्रृष्टिकान्त लोकेश्वर पदार्पण गराउनलाई भएको उल्लेखनीय भूमिका बारे उल्लेख गरिएको थियो । उपत्यका लगायत नेपालका प्रमुख शहरमा तलेजु भवानीको पुजा गर्ने र अन्य असंख्य मन्दिरहरुमा देव देवी देउताहरुको पुजा गर्ने हिन्दुहरुको संस्कार जन्य कर्म काण्ड चलाउने कार्यमा कर्माचार्यहरुले आफ्नो धार्मिक अनुष्ठान कार्यहरुको धर्म ग्रन्थको आदेशानुसार कार्य गरिरहेका गर्दै आएको अद्यावधि जिवन्त छ । भेलाले रु २५,०००।–कोष पनि खडा गरेको छ । कोष क्रमशः अभिबृद्धि हुँदै जानेछ । सुभेनियर पनि प्रकाशन गर्ने अठोट भएको छ । आगामी दिनमा कर्माचार्यहरु कति प्रकारका छन ? कति गोत्रहरुका कर्माचार्यहरु छन ? हाल कुन कुन स्थानहरुमा के कस्तो अवस्थामा छन ? समाजमा कर्माचार्यहरुकाृे हैसियत कस्तो छ ? मर्यादित जीवन यापन का लागि के कस्तो नयाँ योजनाहरु निर्माण गर्नु पर्ला ? कर्माचार्यहरुको ऐतिहासिक दस्तावेज अद्यावधिक आदि गरी बहुसंख्यक माझ जानकारी गर्ने गराउने प्रविधिको बिकास गरी मर्यादित समाज वनाउने प्रयास गर्ने हेतु खोजमूलक र दिगो प्रयास जारी राख्ने लक्ष्य राखिएको छ । जिल्लामा सिद्धिबहादुर कर्माचार्यको अध्यक्षतामा कर्माचार्य समाज काभ्रे शाखा गठन भएको छ । सदस्यहरुमा योगेन्द्रनाथ कर्माचार्य, बिजयराम कर्माचार्य, बालकृष्ण कर्माचार्य, हर्षनारायण कर्माचार्य, पूर्णबहादुर कर्माचार्य, पूर्णकुमार कर्माचार्य, सदस्य ॐ कर्माचार्य, हरिकुमार कर्माचार्य, रामेश्वर कर्माचार्य, श्रीमती पुनमाया कर्माचार्य लगायत रहेका छन् ।





