2026 April 23/ 06:56: 13am

    धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेको सक्रियतामा जिल्लाका विभिन्न स्थानमा लुकेर बसेका फरार अपराधीहरुलाई मातहतका कार्यालयहरुले पक्राउ गर्न शुरु गरेको छ । 
    इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाको टोलीले मंगल तामाङ्गको जाहेरीमा बेथानचोक गाउँपालिका वडा नम्वर ४ बस्ने २२ बर्षिय सुवास सुनार समेत भएको २०६९ कार्तिक ८ गते भएको घटनाका दोषिलाई पक्राउ गरेको छ । साबिक चलालगणेशस्थान २ स्थित जाहेरवालाको छोरा वर्ष १८ को एन्जल तामाङ्गलाई छुरा प्रहार गरी कर्तव्य गरी मारेको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत काभ्रेले २०७४ असार १४ गतेको फैसलाले प्रतिवादीलाई २० वर्ष कैद सजाँय हुने ठहर गरेको थियो । २०७७ असोज २३ गते  गते ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले भक्तपुर जिल्ला  मध्यपुर ठिमी नगरपालिकामा लुकीछिकी बसी रहेको अवस्थामा फेला पारी पक्राउ गरेको डिएस्पी एवं सूचना अधिकारी कुमार विक्रम थापाले जानकारी दिनुभयो । केहि दिन अघि प्रहरीले ठगी मुद्दाका एक फरार ब्यक्तिलाई पनि पक्राउ गरेको थियो । प्रहरीको सक्रियताका कारण फरार ब्यक्तिहरु धमाधम पक्राउ परिरहेको प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिनुभयो ।