बनेपा/प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई आलु सुपरजोन काभ्रेको अध्यक्षमा हरि खतिवडा निर्विरोध चयन हुन भएको छ । त्यस्तै उपाध्यक्षमा सुमित्रा बञ्जारा, सचिव सुमन नेपाल र सह–सचिव जंगबहादुर महत रहनु भएको छ । त्यस्तै सदस्यहरुमा सुजन केसी, ज्ञानेन्द्र देवकोटा, कमला काफ्ले, विनोद तिमल्सिना र उमा बोगटी रहनु भएको छ ।
लामो समय देखि संचालक समिति गठन भए पनि पदाधिकारी चयन हुन सकेको थिएन । सुपरजोनको कार्यक्रम कटौती गरेको छ भने हाल चक्लाबन्दी कार्यक्रम शुरु भएको छ ।





