बनेपा/शुभ विजया दशमी २०७७ को अवसरमा बनेपा चप्लेटी शुभ विहानी समूहको आयोजनामा फोङ्गा हिटी दैनिक स्नान समूह र बनेपा चप्लेटी शुभ विहानी समूह विच “एकता, मित्रता र आत्मियता” मूल नारा र उद्देश्य सहित गत शनिबार मैत्रिपूर्ण फुटवल प्रतियोगिता बनेपा स्थित नेपाल बनेपा पोलिटेक्निक ईन्ष्टिच्युटको खेल मैदानमा सम्पन्न भएको छ ।
उक्त फुटबल प्रतियोगितामा फोङ्गाहिटी दैनिक स्नान समूहले बनेपा चप्लेटी शुभ विहानी समूहलाई २ का विरुद्ध ५ गोल अन्तरले पराजित गरेको थियो । उक्त खेलमा खेलाडीहरुले आफ्नो उत्कृष्ट खेल प्रस्तुत गरेका थिए । संयोजक सुरेन्द्र कायष्ठ रहेको उक्त खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा चप्लेटी शुभ विहानी समूहका अध्यक्ष संजय मानन्धरबाट विजयी टिमलाई मायाँको चिनोका साथै प्रशंसा पत्र समेत प्रदान गरिएको थियो । समापन कार्यक्रममै क्रममा फोङ्गा हिटी दैनिक स्थान समूहको तर्फबाट मिलन श्रेष्ठ र बनेपा चप्लेटी शुभ विहानी समूहको तर्फबाट अध्यक्ष संजय मानन्धरले मन्तव्य राख्नुभएको थियो ।





