2026 April 23/ 05:48: 10am

    धलिखेल/आकाश भैरब क्लव, धुलिखेल नगरपालिका, शेरबहादुर मेमोरियल हेल्थ र  धुलिखेल नगरपालिका वडा नम्वर ६ र ७ बिचको सहकार्यमा एक दिने आयुर्वेदिक शिबिर सम्पन्न भएको छ  । 
    शिबिरको उद्घाटन नेपाल नगरपालिका सघंका अध्यक्ष तथा धुलिखेल नगरपलिका प्रमुख अशोक ब्यान्जुले गर्नु भएको थियो । ब्यान्जुले कोभिड–१९ अर्थात शिबिरले मनोसामाजिक शारिरीक रुपमा समेत सहयोग पुग्ने बताउनु भयो । आयुर्बेद औषधीले मानिसलाई ढिला ठिक हुन्छ तर पछि सम्म फाईदा पुग्ने भएकाले सबैले आयुर्वेद औषधी प्रयोग गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा धुलिखेल नगरपालिकाका उप प्रमुख बिमला शर्मा,  वडा अध्यक्ष सञ्जय कोजु, रोमी ब्यान्जु, वडा सदस्य आनन्दसागर यगोल विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । शिविरमा १ सय ८ जनाले स्वास्थ्य परिक्षण गराएको थियो । आयोजक संस्थाले शिविरमा सम्पूर्ण संघ संस्था, सरोकारवाला र स्थानीयबासीहरुलाई धन्यबाद दिएको छ ।