धुलिखेल/धुलिखेलका युवाहरुले सुरु गरे कृषि तथा पशुपन्छी फर्मको नगर प्रमुख अशोक व्याञ्जुले उद्घाटन गर्नु भएको छ ।
कोरोनाको महामारीले व्यापार व्यवसाय सञ्चालन गर्न कठिन भएको अवस्थामा बैदेशिक रोजगारबाट फर्किएका युवाहरु नेपालमा केहि गर्ने योजनामा संलग्न हुन थालेका छन् । धुलिखेल नगरपालिकाका युवाहरुले आफ्नो ठाउँमा नै काम गर्ने सोच अनुरुप धुलिखेल नगरपालिका वडा नम्वर ३ मा कृषि फर्म सुरु गरेका छन् । धुलिखेल नगरपालिका वडा नम्वर ३ तल्लो कुत्तालमा स्थानीय युवाहरुले कूल १३ लाख लगानीमा संचालन गर्न लागेको कृषि फर्मको धुलिखेल नगर पालिका प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नु भएको हो । कृषि फर्म उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक व्याञ्जुले युवाहरुले सकारात्मक सोच अनुरुप देश भित्र नै काम गर्नुपर्ने बताए ।
धुलिखेल नगरपालिकाले कृषि विकासमा किसान टु परियोजना, किसानलाई अनुदानमा कृषि औजारहरू वितरण गरेको नगर प्रमुख अशोक व्याञ्जुले जानकारी दिनुभयो । गोठ एकीकृत कृषि तथा पशुपन्छी फर्म उद्घाटन कार्यक्रममा उपप्रमुख बिमला शर्मा, वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।





