2026 April 23/ 05:49: 28am

    पनौती/सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती ४, टौखाल र धुनिदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड एकिकरण सम्पन्न भएको छ । 
    धुनिदेवी सहकारीका अध्यक्ष मनोज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता तथा सामुदायिक बचत तथा ऋण सहकारी संस्था अध्यक्ष प्रकाश बन्जाराको विशिष्ठ आतिथ्यता रहेको थियो । नमोबुद्ध नगरपालिकाका वडा नम्वर २ का अध्यक्ष तथा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. नमोबुद्ध सेवा केन्द्र सञ्चालन तथा ब्यवस्थापन उपसमिति संयोजक सञ्जीव ढकालको स्वागत मन्तव्य रहेको थियो । नेफ्स्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, सामुदायिक संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत, राष्ट्रिय कृषक महासंघ काभ्रेका अध्यक्ष उद्धवप्रसाद हुमागाई लगायतले मन्तब्य राखेका थिए । 
कार्यक्रममा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष प्रकाश बन्जाराले पनौतीबाट सुरुवात गरेर जिल्लालाई कार्यक्षेत्र बनाएर स्थानिय स्तरमा नै सदस्यहरुलाई सेवा प्रदान गर्ने लक्ष्यका साथ सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको बताउनु भयो । सामुदायिक साकोस सहकारी अभियानमा प्रतिस्पर्धा नभै सबैसँग सहकार्यका अघि बढ्ने लक्ष्यका साथ लागिपरेको समेत उल्लेख गर्नु भएको थियो । यसरी नै सदस्य तथा समुदायमाा वित्तिय मात्र नभै विभिन्न गैर वित्तिय सेवा प्रदान गर्नका लागि सदस्य वा स्थानीय तह, प्रदेश तथा संघहरु समेत संगको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने क्रममा सिपमुलक तथा ब्यवसायिक तालिम र सहुलियत र सहज कर्जाको माध्यमबाट तत्काल आय–आर्जन हुने कार्यक्रमका सुरुवात गरिसकिएको बताउनु भयो । नगर प्रमुख टि.पि. शर्मा तिमल्सिनाले कृषिलाई प्राथमितामा राख्दै नगरपालिकाले समुदायका हितका कार्यमा सहकार्यका साथ अघि बढ्ने समेत प्रतिवद्धता ब्यक्त गर्दे सामुदायिकले ल्याएको पशुधन सुरक्षण ऋण उत्कृष्ट रहेको र यसले पशुपालक कृषकहरुका लागि राम्रो अवसर समेत प्रदान गरेको बताउनु भयो । धुनिदेवी बचत तथा ऋण सहकारी संस्था लि अध्यक्ष मनोज अधिकारीले नमोबुद्ध भित्र संचालनमा रहेको संस्था र जिल्लाभरि कार्यक्षेत्र भै अझै विस्तारको योजनामा रहेको र देश विदेशमा परिचित सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.सँग एकीकरण भएर नगर भित्र एकीकरण अभियानको सुरुवातकर्ता हुन पाएकोमा खुसी ब्यक्त गर्नुभयो । 
कार्यक्रममा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट लेखा तथा सुपरिवेक्षण समिति संयोजक हरिप्रसाद तिमल्सिना, उपाध्यक्ष कुमार प्रसाद लामिछाने, सचिव मुकुन्द शर्मा, कोषाध्यक्ष प्रताप ताम्राकार, नमोबुद्ध सेवा केन्द्र सञ्चालन तथा ब्यवस्थापन उपसमिति संयोजक सन्जिव ढकाल, प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत, विभागिय प्रमुखहरु बचत विभाग प्रमुख भक्तबहादुर श्रेष्ठ र ब्यवसाय विकास विभाग प्रमुख जीवन सत्यालको सहभागिता रहेको थियो । एकीकरण भई एकिकृत कारोवार सुरुवात पछि समुदायिक साकोसको कारोबार पौने तीन अर्ब र संस्थाबाट सेवा लिने सदस्य २७ हजार पुग्नेछन ।