2026 April 23/ 05:49: 23am

    बनेपा/काभ्रे जेसीज, काभ्रे महिला जेसीज, तथा बनेपा जुनियर जेसीजले शुरुवातको वर्ष देखि शुरु गर्दै आएको समुदायमा जेसीज कार्यक्रम २०२० लागि बृक्षारोपण गरी शुभारम्भ गरिएको छ । बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठले विरुवा रोपेर समुदायमा जेसीज कार्यक्रम २०२० को शुभारम्भ गर्नु भएको थियो । 
    बनेपाको पोलिटेक्निकल स्कुलमा आयोजित कार्यक्रममा नगर प्रमुख बादेले बृक्षारोपणबाट शुरु गरिएको समुदायमा जेसीज कार्यक्रमको सफलताका लागि शुभकामना ब्यक्त गर्नु भयो । जेसीजले बनेपाको पोलिटेक्निक स्कुल, चण्डेश्वरी मन्दिर जाने सडक अन्र्तगत चण्डेश्वरीमाईको जात्रामा रथ लैजाने सडक मार्गको दायाँबायाँ गरी एक सय बोट विभिन्न जातका विरुवाको बृक्षारोपण गरिएको अध्यक्ष रिकेस श्रेष्ठले बताउनु भयो । जेसीजले समुदायमा सामाजिक, शैक्षिक, धार्मिक तथा सकारात्मक गतिविधिका लागि सन्देश प्रवाह गर्दै आएको छ । विपद्मा सहयोग गर्ने र युवाहरुका लागि सकारात्मक सोचसँगै समाजका हरेक क्षेत्रसँग परिचित गराउने कार्यमा जेसीज सक्रिय छ । स्वास्थ्य, शिक्षा, ब्यक्तिगत सम्मान, सिपमूलक, चेतनामूलक र नेतृत्व तथा ब्यक्तित्व विकास जस्ता तालिमहरु पनि जेसीजले संचालन गर्दै आएको छ । कार्यक्रममा जेसीजका पूर्व अध्यक्षहरु, विभिन्न तहमा कृयाशिल जेसीहरुको सहभागिता रहेको थियो ।