2026 April 23/ 05:49: 24am

    बनेपा/बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा ३० औ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक सम्मान कार्यक्रम नगर प्रमुख लक्ष्मी नरसिं बादेको अध्यक्षतामा सम्पन्न भएको छ ।  
    कार्यक्रममा महामारीमा बुढ्यौली र उमेरका कारण ज्येष्ठ नागरिकहरुलाई गरिने सम्बोधनमा कस्तो परिवर्तन ल्याउँछ भन्ने विषयमा छलफल गरिएको थियो । अहिलेको र पहिलाको पुस्तामा बुझाई फरक भएकाले बुढ्यौलीमा पहिलाको जस्तै काम र ब्यबहार गर्नुपर्ने अहिलेको पुस्तालाई अहिलेकै ब्यबहार गर्नुपर्ने ब्यवहारको अन्तर भएकाले समस्या आएको बादेले बताउनु भयो । हामी पनि सबै बुढा हुन्छौं भन्ने सबै सन्तानले सम्झी ज्येष्ठ सदस्यहरुलाई ब्यबहार गर्न बादेले आग्रह गर्नुभयो । ज्येष्ठ नागरिक भए पछि आफ्ना सन्तानको खाँचो पर्ने भएकाले माया सदभाव नै ठुलो रहेको बादेले बताउनु भयो । नगरपालिकाले गत वर्ष देखी ज्येष्ठ सदस्यहरुलाई सम्मान गर्न शुरु गरिएको र उक्त कार्यक्रमलाई निरन्तरता दिईने बताउनु भयो । कार्यक्रममा नगर उपप्रमुख रेखा सापकोटा दाहालले ज्येष्ठ सदस्य भनेका हाम्रा अभिभावक भएकाले सम्मान गर्नु हाम्रो कर्तब्य रहेको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कबिराज उप्रेतिले राज्यले पनि ज्येष्ठ नागरिकहरुलाई ६० वर्ष देखी नै सम्मान गर्दै ७० वर्ष पछि सामाजिक भत्ताको ब्यबस्था गरेको वताउनु भयो । नगरपालिकाले राम्रो कामको शुरुवात गरेको छ उक्त कार्यबाट अहिलेका पुस्ताले समेत सिक्नु पर्ने उप्रेतिले बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका प्रबक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, महिला बालबालिका तथा ज्येष्ठ नागरीक शाखा प्रमुख विजया सुवेदी, वडाअध्यक्षहरु हरिशरण घिमिरे, अध्यक्ष बलराम अधिकारी, सचितानन्द केसी, बर्ण शाक्य, शेरवहादुर सुवाल, चन्द्रबहादुर खड्का, शिबकुमार थापा, रामबहादुर कुंवर, कार्यपालिका सदस्यहरु, महिला बालबालिका तथा ज्येष्ठ नागरीक शाखाकी निरिक्षक निर्मला कार्की लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नगर भित्रका ९० वर्ष भित्रका ३० जना ज्येष्ठ सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने खानेकुरा समेत प्रदान गरिएको थियो । 
    त्यस्तै जेष्ठ नागरिक दिवसको अवसर पारी जिल्लाका अधिकांश स्थानीय तहमा जेष्ठ नागरिकहरुलाई सम्मान तथा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।