बनेपा/यूवा ब्यसायी ओम शान्ति टेलरिङ्गका प्रोपाईटर मन्दिप रेग्मीले आफ्नो जन्म दिनमा बनेपा नगरपालिका वडा नम्बर ९ मा रहेको बृद्धाश्रममा रहेका बा–आमाहरु सगं बसी मनाएका छन् ।
जन्मदिनको दिनमा बृद्धाश्रममा खाद्यान्न र लताकपडा वितरण गरी मनाएको रेग्मीले बताउनु भयो । अन्य समयमा समेत सहयोग गर्नु पर्ने बृद्धाश्रममा जन्म दिनको अवसर पारी सहयोग गरेको रेग्मीले बताउनु भयो । हामी सबैको सामाजिक उत्तरदायित्व अन्र्तगत सामाजिक सेवा गर्नु पर्ने बताउनु भएको थियो । बृद्धा श्रममा हाल ७ जना बृद्धबद्धाहरु रहनु भएको जनाएको छ ।





