बनेपा/नेपाल हृदय रोग निवारण प्रतिष्ठान, काभ्रेको आयोजना तथा रोटरी क्लब अफ धुलिखेलको सह–आयोजनामा विश्व मुटु दिवसको उपलक्ष्यमा जिल्ला स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा सहभागी विजयी बालबालिकाहरुलाई नगद, प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । काठमाडौं विश्वविद्यालयका डिन एवं मुटुरोग विशेषज्ञ प्रा.डा राजेन्द्र कोँजु, पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रुवेन तौजले, बागमती प्रदेशकै सरिता शाक्य, नेपाल पत्रकार महासंघ काभ्रे शाखाा अध्यक्ष मोतीराम तिमल्सिना, रोटरी क्लब धुलिखेलका अध्यक्ष सुशिलकुमार ब्याञ्जु, प्रतिष्ठनका अध्यक्ष अशोकुमार श्रेष्ठ, लायन्स क्लबका अध्यक्ष सुसन राजबंशी, धुलिखेल अस्पतालका डा. अनिश जोशी लगायतले पुरस्कार वितरण गरेका थिए ।
जिल्लाका ३४ जना र जिल्ला बाहिरका ५ जना बालबालिकाहरुले पाँचवटा विषयमा निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा सहभागि भई प्रथम हुने विद्यासागर स्कुल बनेपाकी छात्रा श्रेया श्रेष्ठले नगद १० हजार प्राप्त गरिन । दोश्रो हुने लीन इन्टरनेशनल स्कुल बनेपाकी छात्रा लसता श्रेष्ठले ५ हजार रुपैयाँ प्राप्त गरिन् । तेश्रो हुने विद्यासागर स्कूल बनेपाकी प्रशन्ना श्रेष्ठले ३ हजार प्राप्त गरेकी थिईन् । त्यस्तै सान्त्वना पुरस्कार प्राप्त गर्ने सितास्मा सापकोटा एसओएस बालग्राम, काभ्रे स्कुल पनौतीका सुविन थापा र आशिक बस्नेतलाई नगद २÷२ हजार प्रदान गरिएको छ । मुटु तथा मुटु बाथरोगका कारण बर्षेनी थुप्रै ब्यक्तिहरुको निधन हुने भएकाले यो रोगको न्यूनीकरण गर्न आवश्यक जनचेतना फैलाउनु पर्ने सहभागीहरुले बताएका थिए ।
पिपलचौरमा विश्व मुटु दिवस सम्पन्न
यसैगरी विश्व मुटु दिवसको उपलक्ष्यमा रोटरी सामुदायिक संघ पिपलचौरद्वारा नमोबुद्ध नगरपालिका वडा न २ पिपलचौर टोल तथा विद्यालयमा र स्वास्थ्य चौकिमा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी सामुदायिक संघका सदस्यहरु, उपाध्यक्ष प्रविना श्रेष्ठ, सदस्यहरु सुस्मिता श्रेष्ठ, अन्जान श्रेष्ठ, धन कुमारी श्रेष्ठ, सल्लाहकार मोहनदास श्रेष्ठ, प्रकाश श्रेष्ठ ज्यूको उपस्थितिमा मुटुरोगबारे जनचेतान मुलक पर्चा तथा पम्प्लेट वितरण गरिएको थियो । कार्यक्रमका सन्दर्भका दिन संस्थाकी अध्यक्ष सविना श्रेष्ठले पनि नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखा बनेपाले आयोजना गरेको जनचेतना मुल कार्यक्रम तथा संस्थाले आयोजना गरेको निबन्ध प्रतियोगितामा निर्णायक मण्डलको भुमिका निर्वाह गरेर जनचेता मुलक कार्यक्रमा सहभागि रहेको थियो । रोटरी सामुदायिक संघ पिपलचौरको मुल उद्देश्य गाउँघरमा सबैलाई मुटु रोग लाग्नबाट सचेत गराउनु थियो ।
मिति २०७७÷६÷१४ गतेका दिन रोटरी क्लब अफ धुलिखेलबाट रोटरी सामुदायिक संघलाई विरामी ओसारपोसार गर्न ह्विल चियर प्रदान गरिएको थियो । रोटरी क्लबका अध्यक्ष श्री सुसिल कुमार ब्यान्जु श्रेष्ठ, पुर्व अध्यक्ष अशोक कुमार श्रेष्ठ, श्रीमती कमला श्रेष्ठ, अनुप कुमार श्रेष्ठज्यूद्धारा सामुदायिक संघको अध्यक्ष सूश्री सबिना श्रेष्ठ, सल्लाहकार श्री मोहन दास श्रेष्ठ तथा अन्य सदस्यहरुलाई प्रदान गरिएको थियो ।
आर सि सि पिपलचौरले समुदायमा आधारित बिकास तथा उद्धारको काममा निरन्तर सहयोग पुयाउदै आईरहेको छ ।





