धुलिखेल/बझाङ मष्टा गाउँपालिका वडा न। २ मा सम्झना बिश्वकर्माको बलात्कार पछि विभत्स हत्या भएको विरोधमा अपराधीलाई कार्वाहिका लागि जिल्लामा रहेका विभिन्न संघ सस्थाले आवाज उठाएका छन् ।
बलात्कार पछि हत्या गरिएकी १२ बर्षिया सम्झना कामीको न्याएका लागि बिपी चोक धुलिखेलमा ओ म्या ईम्पावरमेन्टमा आवद्ध धुलिखेल नगरपालिकाका महिलाहरुले प्रदर्शन गरेका छन् । देश ब्यापि रुपमा बिरोध प्रदर्शन भइरहेकोमा धुलिखेलमा पनि प्रदर्शन भएको हो । जघन्य तथा अक्षम्य अपराधमा सामजले छुट दिन हुदैन, आखिर कहिलेसम्म यस्तो अपराध ? लगायतका विभिन्न नारा लेखिएको ब्यानर सहित प्रर्दशन गरेका थिए । भर्खरै एसिड प्रहार सम्बन्धी कानुन बन्यो अब बलात्कारीलाई फाँसीको सजाय दिने तथा लिङ्ग छेद कानुन बनाउन समेत महिलाहरुले माग गरेका थिए । सानै उमेरमा चेलीको बलत्कार पछि बर्वर हत्या भएको घटनामा अझैसम्म न्याय नपाउँदा घाउ पुरिन नपाउँदै सुदूरपश्चिम प्रदेशको बझाङमा १२ वर्षिय वालिकाको बलत्कार पछि हत्या भएको कहालीलाग्दो घटनाले सबैलाई दुःखित र आक्रोशित बनाएको महिलाहरुले बताए ।





