2026 April 23/ 05:04: 37am

    पाँचखाल/पाँचखाल नगरपालिकाका १ हजार ३ सय ७२ विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री बितरण गरिएको छ । नगरपालिकामा आयोजित कार्यक्रममा सर्वमंगला मावि, गोलमादेवी प्रावि, दुग्धेश्वर मावि, नारायणस्थान प्रावि, धरणी प्रावि, जनउद्धार प्रावि, प्रतिभा प्रावि, भमरकोट हिमालयन आधारभूत, सरस्वती प्रावि, सुन्दर सूर्योदय, जनजागरण प्रावि, भगवती मावि, कालिदेवि प्रावि, कालिका मावि, श्रृजना प्रावि, बालप्रतिभा प्रावि र समाजकल्याण प्राविका १ हजार ३ सय ७२ विद्यार्थीलाई ब्याग र शैक्षिक सामाग्रीहरु कलर, पेन्सिल, जोमेट्रिक बस्क, कापी लगायत वितरण गरिएको हो । 
    गरिबी निवारणको लागि चाईना फाउण्डेशन र राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजको सहयोग तथा पाँचखाल नगरपालिका, पाँचखाल उद्योग बाणिज्य संघ र व्यवसायी उमेश बाँनियाको पहलमा पाँचखालका १७ विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ब्याग बितरण गरिएको थियो । ब्याग बितरणमा गरिबी निवारणको लागि चाईना फाउण्डेशनका कार्यक्रम संयोजक कपित नेपाली, राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजको प्रतिनिधि गौरी दाहाल, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, सम्बन्धित वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्कीका अनुसार पाँचखालमा रहेको ३९ सामुदायिक विद्यालय मध्ये १७ वटालाई मात्र बितरण गरिएको जानकारी दिदैं बाकी रहेको २२ वटा विद्यालयका विद्यार्थीहरुलाई दशै लगत्तै डकुमेन्ट तयार गरेर पुनः वितरण गरिने जानकारी दिए । 
    बितरण पश्चात नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले फाउण्डेशनका कार्यक्रम संयोजक नेपाली र समाजका प्रतिनिधि दाहाललाई मायाको चिनो हस्तान्तरण गर्नु भएको थियो ।