बनेपा/कोरोना भाईरसका कारण मुलुकको अर्थतन्त्र तहसनहस भएका बेला नेपालमै उत्पादन भएको क्यालिबर कम्पनीको जुत्ताको शो रुम बनेपामा शुभारम्भ गरिएको छ । ब्यस्त बजार चारदोबाटो अरनिको राजमार्गमा खोलिएको उक्त क्यालिवर शो रुमको नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले शुभारम्भ गर्नु भएको थियो ।
शोरुममा नेपाली कम्पनी क्यालिबर ब्राण्डका जुत्ता उपलब्ध छन् । महिला, पुरुष, बालबालिकाहरुका लागि रोजाई अनुसारका गुणस्तरीय जुत्ता उपलब्ध हुने प्रोपाईटर रसना पोटे बैद्यले जानकारी दिनुभयो । युवाहरुको संयुक्त लगानीमा शुरु भएको जुत्ता शो रुम बनेपामा फरक खालको छ । सुलभ मुल्यमा उपलब्ध हुने जुत्ता उपभोग गरी लाभ उठाउन काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरले बताउनु भयो । असम्भव अवस्थामा सम्भव हुने संकल्पका साथ युवाहरुले संयुक्त रुपमा उक्त ब्यवसाय शुरु गरेको बताएका छन् । नेपाल बंैकको पारिपट्टी सुलभ सहकारी रहेको भवनको पहिलो तल्लामा शो स्टेशन रहेको छ ।





