2026 April 23/ 03:58: 41am

बनेपा/बनेपा नगरपालिका वडा नम्बर ९ निवासी समाजसेवी बुद्धि परियारले नगरपालिकाको कोभिड –१९ को खातामा जम्माहुने गरी नगर प्रमुख लक्ष्मी नरसिं बादेले नगर रु २५ हजार १ सय २५ हस्तान्तरण गरेका छन् । 
यो महामारीमा नगरबासीहरुको स्वास्थय तथा राहतमा सहयोग पुगोस भन्ने उद्देश्यले थोरै भएपनि आर्थिक सहयोग गरेको परियारले बताउनु भयो । मैलै भएर होईन तर थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले सहयोग गरेको बताउनु भयो । नगर प्रमुख बादेले धन्यबाद दिदै सबै मिली कोरानालाई परास्त गर्नु पर्ने बताउनु भयो । सबै नगरबासीहरुले स्वास्थ्य मापदण्ड अपानाई सहयोग गर्न आग्रह गर्नु भएको थियो । 
उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती वडा अध्यक्ष वर्ण शाक्य, कार्यपालिका सदस्य तेज नेपाली लगायतको सहभागिता रहेको थियो ।