बनेपा/लायकु क्लब बनेपाले कोभिड–१९का कारण प्रत्यक्ष समस्यामा रहेका परिवारका लागी राहत संकलन गरी वितरण शुरु गरेको छ ।
नगरपालिका भित्र कोठा लिई बस्ने र ज्याला मजदुरी गरेर बस्ने परिवारका लागि चामल, दाल, नुन, चिनी, मस्यौरा विस्कुट लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको क्लबका अध्यक्ष विक्रम प्रजापतिले बताउनु भयो । फुड बैक अर्थात राहत संकलन केन्द्रको शुरुवात बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले गर्नु भएको थियो । बादेले बनेपा नगरपालिकाले नगरबासीहरुको लागि कोभिड–१९ मा समस्यामा परेका नागरिकहरुका लागि राहत वितरण गर्दे आएको बताउनु भयो । गत बैशाख देखी नै समस्यामा परेका परिवारका लागि नगरपालिका र वडाबाट राहत दिदै आएको बादेले बताउनुभयो । नगरपालिकाले उक्त माहामारीमा एक्लैले सम्भव नभएको हुँदा नगरमा रहेका विभिन्न संघ संस्थाहरुको सहयोग रहेको र उक्त सहयोग जारी रहने बताउनु भयो । सबैको सामाजिक उत्तरदायित्व रहेको हुँदा नगरपालिका अभिभावकत्व गररिरहेको बादेले बताउनु भयो । नगरपालिकामा कोभिड रोकथामका लागी सरसफाई, प्रचार प्रसार, ब्यबस्थित क्वारेन्टाईन, आईसोलेसन, २४ घण्टा एम्बुलेन्स, सञ्चालन गरिएको र भिड भएको ठाउँमा स्वाब संकलन गरी परिक्षण गरिएको बताउनु भयो । सबै नगरबासीहरु सचेत र भौतिक दूरी कायमा राखी सरकारले अपनाएका मामदण्डहरुलाई पालन गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा समाजसेवी रत्नकुश रंजितले विभिन्न क्लब र युवाहरु मिली समस्यामा परेका परिवारलाई सहयोग गर्नुपर्ने बताउनु भयो । फुड बैंकका विभिन्न ब्यबसायीहरुले सहयोग गरिरहनु भएको अध्यक्ष विक्रम प्रजापतिले बताउनु भयो । दिनको ५० जनाका दरले राहत वितरण गरिने प्रजापतिले बताउनुभयो । परिवारको अबस्था हेरेर वितरण शुरु गरिएको र क्लबको सामाजिक उत्तरदायित्व अन्तर्गत कार्य गरेको बताउनु भयो । फुड बैंकका विमल प्रजापति ३७ बोरा चामल, राजकुमार पोटे १ सय ७५ लिटर तेल, अमुल्य पोटे १ सय ७५ किलो दाल, रत्नकुश रंजित १ सय ७५ किलो चिनी, नवराज मानन्धर ३ सय ५० पाकेट मस्यौरा, शुक्रराज अवाल नुन ३ सय ५० केजी, सुजि पोटे ३ सय ५० पिस साबुन, अरुण श्रेष्ठ चाउचाउ १२ बाकस, सुरेस नर्कर्मी १० बोरा चामल र ५ बाकस चाउचाउ, रोशन मानन्धर ६ बोरा चामल, राजकुमार प्रजापति ६ बोरा चामल सहयोग गरेका छन् । सहयोगी हातहरुलाई क्लबले धन्यबाद दिदै थप ब्यक्ति तथा संस्थाहरुलाई सहयोग अपेक्षा गरेको जनाएको छ । क्लबले विगतमा सरसफाई, खेलकूद लगायतका कार्य गर्दै आएको बताएको छ ।





