2026 April 23/ 03:58: 05am

पनौती/सहकारी संस्थाहरुको शुसान कायम गर्न र सदस्य हित प्रर्बद्धन गर्ने उद्देश्यले पनौती नगरपालिकाले सहकारी नीति २०७७ र कोभिड १९ को कारण साधारण सभा साबिक ढाँचाबाट सञ्चालन गर्न साधारण सभा सञ्चालन सम्बन्धि विशेष कार्यविधि कार्यपालिका बैठक बाट पास गरी राजपत्रमा प्रकाशित गरेको छ । 
सहकारीहरुले आफ्नो कार्यक्षेत्रलाई विभिन्न क्लष्टरमा विभाजन गर्नु पर्नेछ । विभाजन गर्दा अधिकतम २ सय संख्या भन्दा वढी हुने गरी विभाजन गर्न पाइने छैन । प्रत्येक क्लष्टरमा १०० जनाभन्दा बढीको भेला राख्न पाइने छैन भने  यस्तो भेलाबाट कूल २ सय संख्यामा नबढ्ने गरी १ हजार जनासम्म सदस्य भएको संस्थाले ५ जना र सोभन्दा माथि सदस्य संख्या भएको संस्थाले ३ जना प्रतिनिधि चयन गर्नुपर्नेछ । त्यसैगरी १ सय जनाको भेला १० वटा भन्दा बढी भएमा क्षेत्र र भूगोल मिल्ने गरी प्रति १० भेला बराबर एक क्षेत्रिय सभा गर्नुपर्नेछ । सहकारीका सञ्चालकहरुको पदावधि समाप्त भई निर्वाचन गर्नुपर्ने वर्ष रहेको भए संचालक समितिमा सर्वसम्मत निर्णय गराई विशेष परिस्थितिको कारण जनाइ १ वर्ष म्याद विस्तार गर्ने र उक्त निर्णयको सहमतिका लागि नगरपालिका सहकारी शाखामा लेखि पठाउनु पर्नेछ र सर्वसम्मत निर्णय नहुँदाको अवस्थामा प्रत्येक क्लष्टरबाट निर्वाचनमा उम्मेदवार हुने सदस्यहरुको नाम सूचीकृत गर्ने र मतदान हुने अवस्था आएमा उम्मेदवार स्वयं र क्लष्टरवाट छानिएका प्रतिनिधिले मात्र मतदानमा भाग लिन संख्या २ सय जना भन्दा वढी भई भीडभाड हुने देखिएमा क्लष्टर अनुसारको समय निर्धारण गरी प्रभावकारी पूर्व सूचना प्रवाह गर्नु पर्नेछ ।  
पनौती नगरपालिका नगर प्रमुख भिम न्यौपानेले सहकारीहरुलाई ब्यबस्थित सदस्य हितका लागी सहकारी प्रति जनताको चासो र विश्वास बढ्दै गएको अवस्थामा संघले समेत संवैधानिक राष्ट्रिय विकासको एक मुख्य आधारमा महत्व दिएको बताउनु भयो । पनौतीको सन्दर्भमा त सहकारीहरुको उर्वरभूमी भएकोले नगर क्षेत्रका बासिन्दाहरुको जीवनस्तर उठाउन सहकारीहरुको भूमिकालाई नजरअन्दाज गर्न नसकिने न्यौपानेले बताउनु भयो । गरिबी न्यूनीकरण, उत्पादनका क्षेत्रहरुको खोजी र तीनमा सुरक्षित लगानी गर्न, उद्यमशीलताको विकास, सामाजिक उत्तरदायित्वमा सहभागिता जनाउन, कृषि, पर्यटन, व्यापार, दुध, शिक्षा, स्वास्थ्य, संचार र अन्य उद्योगहरुमा सहकारीको सहभागिता गराउन, सहकारीहरुलाई सवल र सक्षम बनाउन, नगरको आर्थिक, सामाजिक लगायतका विकासमा योगदान पु¥याउन, सहकारी अभियानलाई आफ्नो उद्देश्यमा पुग्न सहज पार्न, स्थानीय उत्पादनमा वृद्धि गर्न, सहकारी ब्यवसायलाई सदस्य र समुदायको सेवाप्रति केन्द्रित गर्न, शुसासन, क्षमता अभिवृद्धि, गर्ने विश्वास रहेको न्यौपानेले बताउनु भयो ।