बनेपा/राष्ट्रिय बाल दिवसको अवसरमा बनेपा नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक एवं शिक्षा एवं खेलकूद शाखाको आयोजनामा भर्चुअल माध्यमबाट वक्तृत्व प्रतियोगिता सम्पन्न गरेको छ ।
कोभिड १९ ले बालबालिका माथी परेको असर र सरोकारवालाहरुको भुमिका विषयमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको महिला बालबालिका तथा जेष्ठ शाखा प्रमुख बिजया सुबेदीले बताउनु भयो । कोभिड १९ को जोखिमबाट बालबालिकालाई सुरक्षित राख्न र बालअधिकार संरक्षणमा नगरपालिकाबाट भए गरेका विषयमा कार्यक्रमका प्रमुख अतिथी तथा बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेतिले राख्नु भएको थियो । प्रतियोगितामा उप्रेतिले नयाँ प्रबिधिबाट बालबालिकाहरुलाई घरमै बसेर प्रविधिको सदुपयोग गर्दै कार्यक्रममा भाग लिएकोमा धन्यबाद दिनु भएको थियो । बालबालिकाहरुको प्रतिभालाई भर्चुल प्रबिधिबाटै भए पनि उनिहरुको अवस्था कोभिडले पारेको असरका बारेमा प्रष्ट पार्नुभएको थियो ।
वक्तृत्वकला प्रतियोगितामा नगरका २९ सामुदायिक विद्यालय मध्ये २४ वटा विद्यालयका बालबालिकाहरुले भाग लिएका थिए । प्रतियोगितामा शिक्षा सदन मावि विद्यालयकी सुमिना ढकाल प्रथम, चैतन्य माविकी संगिता मैनाली द्धितिय र श्वेत बराह माविका जीवन घिमिरे तृतिय भएका छन् । बिजेतालाई पछि पुरस्कार प्रमाण पत्र वितरण गरिने शिक्षा शाखा प्रमुख श्याम सिं धामिले बताउनु भयो । प्रतियोगितामा शिक्षा शाखाका रेणुकान्त भट्टराई, महिला तथा बालबालिका शाखाकी निर्मला कार्की विद्यालयका प्रध्यानाध्यापकहरुको सहभागिता रहेको थियो ।





