2026 April 23/ 05:07: 40am

    धुलिखेल नगरपालिकाले वडा नम्वर ९ को काभ्रे भन्ज्याङ्गमा कोरोना संक्रमण परिक्षणका लागि मास  टेस्टिङ्ग गरेको छ । भदौ २४ गते बुधबार एउटै टोलमा एकै पटक २५ जनामा कोरोना संक्रमण देखिए पछि नगरपालिकाले मास टेस्टिङ्ग गरेको हो । उक्त टोलमा १ सय ३५ जनामा कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको छ । 
    धुलिखेल नगरपालिकाको वडा नम्वर ७ मा एक जना ब्यक्तिको कोरोना संक्रमणबाट निधन भए लगत्तै नगरपालिकाले एक हजार ब्यक्तिहरुको परिक्षण गर्ने घोषणा गरेको थियो । उक्त टोलबाट शुरु भएको संक्रमणको दर एकसय भन्दा धेरै नाघिसकेको छ । नगरपालिकाले संक्रमण नियन्त्रण, ब्यवस्थापन र रोकथामका लागि नागरिकहरुलाई सुरक्षित राख्न संक्रमण देखिएको क्षेत्रहरु शिल गर्दै परिक्षणलाई तिब्र बनाएको हो । नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुवेदी, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झा, वडा अध्यक्षहरु बसन्त रानाभाट, पुष्प राउत र विष्णु धिताल, स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, सरोज थापा लगायत स्वास्थ्यकर्मीहरुको टोली काभ्रे भन्ज्याङ्ग पुगेको थियो । संक्रमितहरुको सम्पर्कमा रहेका १ सय ३५ ब्यक्तिहरुको परिक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिनु भयो ।