लकडाउनमा घरमै बसेर आम्दानी गर्न सहज
खोपासी/आधार एकता महिला नेपाल पनौती नगरपालिका खोपासीको आयोजनामा १५ दिने बाँसका विभिन्न प्रकारका सामान बनाउने तालिम सम्पन्न भएको छ ।
तालिमको समापन सामुदायीक बन उपभोक्ता महासघंकी केन्द्रिय अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता रहेको थियो । सहभागीहरुलाई प्रमुख अतिथी भारती पाठकले प्रमाण–पत्र वितरण गर्नु भएको थियो । प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथी पाठकले बन्दाबन्दीको समयमा घरमै रहनु भएका महिला दिदिबहिनीहरुलाई उद्यमशिलता, सिपमूलक र आयमूलक तालिम प्रदान गरेकोमा आयोजक संस्थालाई धन्यबाद दिनु भएको थियो । महिला दिदिबहिनीहरुलाई आफुले सिकेको सिपबाट आयर्आजन समेत हुने भएकाले बन्दाबन्दीको समेत सदुपयोग गरी आत्मनिर्भर बनाउन सहयोग पु¥याएको छ । संस्थाले महिला दिदिबहिनीहरुलाई बाँसबाट चुरी स्ट्यान, फ्रेम, ¥याक, डोका, मुढा लगायतका सामाग्री उत्पादन गर्ने गरी तालिम प्रदान गरेको अध्यक्ष शान्ता न्यौपानेले बताउनु भयो । २०७२ सालमा पनौती नगरपालिका वडा नम्बर १२ मा स्थापना भएको उक्त संथा २५ जना सदस्यबाट स्थापना भई हाल ४ सय ७७ जना महिला सदस्य रहेको न्यौपानेले बताउनु भयो । महिला लक्षित कार्यक्रमहरु सञ्चालन गरी बढी भन्दा बढी महिलाहरुलाई आय आर्जमा सहभागी गराएको न्यौपानेले बताउनु भयो ।
संस्थाले विशेष गरी बन र कृषिको माध्यमबाट उद्यमशिल बनाउने उद्देश्य अनुसार अलैची, अम्रिसो, मह उत्पादन र बाँसबाट बन्ने सामानहरु रहेका छन् । ५ वटा समुह बनाई पनौती नगरपालिका वडा नम्बर २ कुशादेवीका महिलाहरुलाई अलंैची, अम्रिसो, वडा ३ मा मह, आईपिएम अन्र्तगत तरकारी खेती, आलु, काउली, गोलभेडा बन्दा र वडा नम्बर १२ मा टनेल तरकारी खेती र बासका सामान बनाउने तालीममा सहभागी गराएको न्यौपानेले बताउनु भयो । महिलाहरु आफै उद्यमशिल बनी घर खर्च र आफुलाई पुग्ने खर्च आफै जोहो गर्न सक्षम रहेको न्यौपानेले बताउनु भयो । तालिम पछि उत्पादन गरिएका सामानहरु संस्थाले नै विक्री गरिदिने र तालिम पछि अगर बत्ति, मैन बत्ति र क्रिष्टल बनाउने तालिमहरु समेत प्रदान गरिने अध्यक्ष शान्ता न्यौपानेले बताउनु भयो ।
तालिममा सामुदायीक बन उपभोक्ता महासंघका महासचिव विर्ख बहादुर शाहि, सचिव ठाकुर भण्डारी लगायतको सहभागिता रहेको थियो । तालिम साउन २९ गतेबाट शुरु भएको थियो भने तालिममा २८ जना सहभागी थिए । तालिममा तारा लामा प्रशिक्षक रहनु भएको थियो ।





