बनेपा/लायकु क्लबका आयोजनामा लायकु आसपास क्षेत्र तथा टोल र लायुकु चौर आसपासमा एक हप्ते सरसफाई अभियान सम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष विक्रम प्रजापतिका अनुसार कोरोना महामारी फैलिदै गएपछि टोलबासीहरुलाई सचेतना कार्यक्रम तथा सरसफाई अभियान शुरु गरिएको बताउनु भयो । टोलमा भिडभाड नगर्न, सरसफाईलाई तिब्रता दिने नयाँ मान्छे आउँदा सचेत भई सम्बन्धित ठाउँमा खबर गर्ने, साबुन पानीले हात धोएर र मास्क लगाएर मात्र टोलमा प्रबेश गर्ने लगायतका सचेतना अभियान सञ्चालन गरिएको प्रजापतिले बताउनु भयो । टोल सुधार समितिले यसअघि पनि टोलमा विभिन्न सामाजिक कार्यहरु गर्दैे आएको छ । क्लबले विगतमा भलिबल, फुटबल, योगा लगाएतका कार्यहरु गर्दे आएको र आगामि दिनमा निरन्तर दिने वताउनु भयो ।





