बनेपा/कोभिड–१९ संक्रमण न्युनिकरणका लागि सानिमा बैंक बनेपा शाखाले बनेपा नगरपालिकालाई ७५ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
बनेपा नगरपालिका क्षेत्रभित्र कोरोना नियन्त्रणका लागि र आईसोलेसन तथा क्वारेन्टाईन ब्यबस्थापनका लागी
सहयोग पुग्ने नगर प्रमुख बादेले बताउनु भयो । महामारीको अवस्थामा विभिन्न संघ संस्थाहरुको समेत सामाजिक दायित्व रहेको र नगरवासीहरुलाई सुरक्षित गर्ने नगरको दायित्व रहेको नगर प्रमुख लक्ष्मी नरसिं बादेले बताउनु भयो । नगरले कोरोना कोभिड नियन्त्रणका लागी विभिन्न कार्यहरु गर्दै आएको नगर प्रमुख बादेले बताउनु भयो । नगरले नगरवासीहरुका लागी ५० बेडको क्वारेन्टाईन, ५० बेडको आईसोलेसन सञ्चालन गरी उपचार गर्दै आएको, कोभिड बिरुद्ध जनचेतनामूलक प्रचार प्रसार, बजार ब्यबस्थित, संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ्ग १४ वटै वडामा समुदायमा परिक्षण गर्ने बादेले बताउनु भयो ।
त्यसैगरी नगरपालिकाले नगरका जनप्रनिनिधि, कर्मचारी र सुत्केरी तथा गर्भवती महिलाको निःशुल्क १ लाखको वीमा गरिएको बताउनु भयो । सानिमा बैंक लि. बनेपा शाखाबाट यसअघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको र प्रत्येक बर्ष एसईईमा सामुदायिक विद्यालयबाट उत्तिर्ण हुने २ जना विद्यार्थीलाई कक्षा ११ र १२ निःशुल्क अध्यापन गराईदिेन र उनिहरुको परिवारलाई २ वर्ष सम्म मासिक २ हजारका दरले दिने शाखा प्रमुख सञ्जय सापकोटाले वताउनु भयो । बैकले सामाजिक उत्तर दायित्व अन्र्तगत महामारीमा नगरबासीहरुको हितका लागी थोरै भएपनि सहयोग गरिएको सापकोटाले बताउनु भयो ।
कार्यक्रममा बनेपा नगरपालिकाका उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, बैंकका बनेपा शाखाका बैकका सञ्चालक प्रमुख शुर्दशन शर्मा, नगरपालिकाका शाखा प्रमुखहरू को उपस्थिति रहेको थियो ।





